महाकवि देवकोटाको जीवनदर्शन

डा. सनतकुमार वस्ती, वर्षः ०२ | अङ्कः १४  | मंसिर-पौष २०७६ प्रश्नोत्तर कविता नेपाली साहित्यका सर्वाधिक लोकप्रिय स्रष्टा महाकवि देवकोटाले प्रश्नोत्तर कविताद्वारा आफ्नो जीवनदर्शन अत्यन्त सहजताका साथ अभिव्यक्त गर्नु भएको छ । अमृतमय जीवन भनेको के हो ? सुख के हो ? यो कहाँ हुन्छ ? शान्ति कहाँ पाइन्छ ? ईश्वर कहाँ देखिन्छ ? जीवनको रहस्य […]

सङ्खुवासभामा संगीत कला केन्द्र

वीरेश राई, वर्षः ०२  | अङ्कः ११  |  श्रावण २०७६ प्रदेश नम्बर एकको पहाडी जिल्ला सङ्खुवासभाको खाँदबारी नपा ३, मानेभञ्ज्याङ् स्थित महेन्द्र माबिमा ‘संगीत कला केन्द्र’ उद्घाटन गरिएको छ । महेन्द्र मा.वि. ले सङ्खुवासभामा आफ्नो पृथक पहिचान स्थापित गरेको छ । जिल्लाका अन्य विद्यालयमाभन्दा यहाँ थप अरु विषयमा पनि अध्यापन गराइन्छ । १०+२ मा शिक्षा, […]

मिस नेपाल अनुष्का

वर्षः ०२ | अङ्कः १० | असार २०७६ मिस नेपालको २५ वर्षे यात्रा अर्थात् सिल्भर जुब्ली संस्करण (रजय जयन्ती वर्ष) मे ९ तारिख (वैशाख २६) मा सम्पन्न भयो। सन् १९९४ मा प्रज्ञा भवनबाट प्रारम्भ भएको मिस नेपाल २०१९को ताज काठमाडौँकी २३ वर्षीय अनुष्का श्रेष्ठले पहिरिन सफल भइन्। कीर्तिपुरस्थित ल्याब्रोटरी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा अनुष्का मिस […]

सारतत्व र साराशं

उत्तमप्रसाद बाँसकोटा, वर्षः ०२ | अङ्कः १०  | असार २०७६ धर्म भनेको के हो ? यसको व्याख्या तथा परिभाषा विभिन्न विद्वान व्यक्तित्वले विभिन्न सयममा आफ्नो तरिकाबाट व्याख्या गरेका छन् । ‘धर्म’ भनेको ‘विश्वास’ हो  । विश्वास भएपछि मानिसले तदनुरुप अनुशरण गर्दछ । जुनसुकै धर्ममा पनि मानव जातिले आफ्नो शारीरिक तन्दुरुस्तीका साथै आत्मबल बढाउनको लागि अनुशरण […]

एसइई‌ नतिजासँगै‌ विद्यार्थी‌ र‌ विद्यालयको‌ चहलपहल

सुधा सिंह, वर्ष‌‌‌: ०२ | अङ्कः १० | असार‌‌ २०७६ ग्रे‌डिङ पद्धति (अक्षर‌ांकन पद्धति) लागु गर‌ी पासफेलको‌ अवधार‌णालाई‌ हटाउँदै‌ सरकारले‌ विद्यालय शिक्षाको‌ गुणस्तरि‌यता आभाष गर‌ाउँदै‌ ‘विद्यालय शिक्षामा अक्षर‌ांकन पद्धति, कार्या‌न्वयन कार्य‌विधि २०७२’ लागु गर‌े‌को‌ हो‌ । फलामे‌ ढो‌का भनिदै‌ आएको‌ एसएलसीलाई‌ अहिले‌ परि‌मार्जि‌त गदैर्‌‌ माध्यमिक शिक्षा पर‌ीक्षामा रुपान्तरि‌त गरि‌एको‌ छ । विद्यार्थी‌को‌ सिकाई‌ र‌ उपलब्धिलाई‌ […]

प्रतीतपत्र

Letter of Credit/ Irrevocable Letter of Credit रितु गुप्ता, वर्षः ०२  | अङ्कः १० | असार २०७६ प्रतीतपत्र गैर कोषमा आधारित कर्जाका प्रकार मध्ये एक महत्वपूर्ण कर्जा सुविधा हो जुन ‘क वर्ग’ का र्बैंक र ‘ख वर्ग’का राष्ट्रिय स्तरका विकास बैंकले बेच्ने गर्दछन् । यसलाई डकुमेन्टरी क्रेडिट पनि भनिन्छ । नेपाली मुद्रा, भारतीय मुद्रा तथा अन्य […]

स्वास्थ्य र व्यवस्थित समाजका लागि योग

जयन्ती गौतम, वर्षः ०२  | अङ्कः ०९ | जेष्ठ २०७६ संस्कृतको युज् धातुबाट बनेको योग शब्दको अर्थ हुन्छ जोड । जोड भन्ने बित्तिकै त्यहाँ दुईवटा तत्व हुनु नै पर्दछ । दुई तत्व एक हुन अवस्था नै योग हो । बौद्धिक व्यक्तिले आत्मा र परमात्मा मेल नै योग भन्दछन् भने सामान्य व्यक्तिले योगासन व्यायाम, प्राणायामलाई योग ठान्दछन् […]

गीत

शीला खरेल, वर्षः ०१  |अङ्क: ०८ | बैशाख २०७६ रोज्नु सम्म रोजेभोग्नु सम्म भोगेहुनलाई बाँकी केही रहेन जीवनमाधुलाम्य भएँरक्ताम्य भएँ हास्न सम्म हाँसेविछट्टै रमाएँरूनू सम्म रोएँमूलै फुटाएँ कलै भिर कुँदेसम्हाल्यौ सवार्यौछाल वनि फालिएँसमेटयौ अंगाल्यौ अब यस्तै गरी सम्हाल मलाईजन्मो जन्म यसरी नै नछोड्नु मलाई

कविता

रितु गुप्ता, वर्षः ०१ | अङ्क: ०८ | बैशाख २०७६ शरद गयो, शिशिर गयो, अब वसन्तको कुराबैरी हरायो, पराई लुकायो, अब आफन्तको कुराभोक मेट्यो, थकाई मर्यो अब आनन्दको कुरागुराँस हाँस्यो, पुतली नाच्यो, अब उम·को कुरा । उकालो चढियो, अरोलो झरियो, अब गन्तव्यको कुरापरिश्रम गरियो, डटेर लडियो–जितियो, अब कर्तव्यको कुराविवाद, अपवाद, नातावाद बिर्सियो, अब केवल सभ्यको […]

सरी ल !

शर्मिला बन्जारा, वर्षः ०१  | अङ्क: ०८ | बैशाख २०७६ बिहानी कक्षाको पहिलो घन्टीको पखाईमा थिएँ म । घरीघरी माथिल्लो आड खोज्दै तल्लो परेलीसँग जुध्न पुग्छ । म झसङ्क हुन्छु । कानमा ठोकिन आइपुगेको धोद्रो आवाजको बेग्लै लवज छ । म अघिपछि हेर्छु । बेला बेलामा सरले टेबल ठटाउँदै बेतालमा घन्किएझै लाग्छ । म अघिपछि […]