वर्षः ०२ | अङ्कः १० | असार २०७६
मिस नेपालको २५ वर्षे यात्रा अर्थात् सिल्भर जुब्ली संस्करण (रजय जयन्ती वर्ष) मे ९ तारिख (वैशाख २६) मा सम्पन्न भयो। सन् १९९४ मा प्रज्ञा भवनबाट प्रारम्भ भएको मिस नेपाल २०१९को ताज काठमाडौँकी २३ वर्षीय अनुष्का श्रेष्ठले पहिरिन सफल भइन्।
कीर्तिपुरस्थित ल्याब्रोटरी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा अनुष्का मिस नेपाल वल्र्ड, प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थको उपाधि जित्न सफल भइन्। २५ जना प्रतिस्पर्धीबीच सम्पन्न मिस नेपाल प्रतियोगिता द हिडन ट्रेजरले संचालन गर्दै आएको छ। विगत ५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएकी अनुष्का यही प्रतियोगिताको लागि काठमाडौँ आएकी थिइन् । ५ फिट ५ इन्च अग्ली सुन्दरी अनुष्का डिसेम्बरमा थाइल्याण्डमा हुने मिस वल्र्ड – २०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।