भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २२, सोमवार ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा आउने भएको छ । उक्त आइसियूको सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक समारोहवीच उदघाटन गरेका छन् । कार्यक्रममा ह्याम्स नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर […]

बाराको कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार ।

मुलुक डेस्क, बारा । २०८१ पौष १९, शुक्रवार मधेश प्रदेशको बारा जिल्लाको सदरमुकाम कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार परियोजनाको एक विशेष समारोहका विच खानेपानीमन्त्री प्रदिप यादवले शिलान्यास गरेका छन् । बारा जिल्लाको कलैया उप-महानगरपालिका स्थित मानमत-कलैया-मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (३.४ कि.मि.) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको आज मन्त्री यादवले शिलान्यास […]

एकडारामा पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ मंसिर १७, सोमवार महोत्तरीको एकडारा गाउँपालिकाको सभा हलमा सरोकारवालासंग पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता आइआरडिएस (irds) को फोकल पर्सन उमेश न्यौपानीले गरेको थियो। प्रमुख अतिथिको रुपमा एकडारा गाउँपालिकाको अध्यक्ष दीप नारायण मण्डल र विशिष्ट अतिथिकाे रुपमा उपाध्यक्ष महजबी खातुन तथा प्रमुख प्रशासकीय अधिकृत योगेश […]

पत्नी मानसिक रोगी रहेको डा. सी. के. राउतको आरोप।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले आफ्नो श्रीमती मानसिक रूपले अस्वस्थ रहेको बताएको छ । राउतका अनुसार २०६९ सालदेखि नै पागलपनको उपचार भइराखेकोमा २०८१ साल वैशाखदेखि औषधी छोडदा श्रीमतीको मानसिक स्वास्थ्य नाजुक भएको तर उपचार गराउन नमानेको भन्दै उपचार गराइदिन माइतीपक्ष सहित सम्बन्धित निकायहरूलाई समेत हारगुहार […]

मधेशमा पहिलोपटक सरकारी तहबाट एमबिबिएसको पढाई ।

मुलुक डेस्क, जनकपुरधाम । २०८१ भाद्र २१ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यो सँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्य्यन अध्यापन […]

मधेशका मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालमा छड्के !

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २०, बिहीवार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक छडके गरेका छन् । प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जनगुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालहरुमा छड्के निरीक्षण थालेका हुन् । बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन क्रममा सिंहले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ […]

हरिसिद्धिस्थित क्यान्सर अस्पतालको छतबाट हामफाल्दा महिलाको मृत्यु।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार ललितपुरस्थित हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेर पुनमाया तामाङको मृत्यु भएको छ। अस्पतालको तीन तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ६४ वर्षीया तामाङको मृत्यु भएको हो। तामाङ काठमाडौँ महानगरपालिका-८ की स्थानिय बासिन्दा हुन्। तामाङ थाइराइडको क्यान्सर उपचार गराइरहेको प्रहरीले जनाएको छ। उनले शनिबार अस्पतालको ‘ए’ ब्लकको […]

राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १३०० मृर्गौला प्रत्यारोपण ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १६, आइतवार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धी नेपालको स्वास्थ्य क्षेत्रकै कोशेढुङ्गा सवित भएको छ । १३०० जनाको मृगौला र २८ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको उपलक्ष्यमा आयोजित मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धि विशेष कार्यक्रमको आयोजना गरिएको […]

अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने : स्वास्थ्य मन्त्री पौडेल ।

मुलुक डेस्क, काठमाडौं । २०८१ साउन ३०, बुधवार आज अगष्ट १३ अर्थात् विश्व अंगदान दिवस । भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अंगदान दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गरेका छन् । प्रमुख अतिथि पौडेलले अंगदाता परिवारहरुलाई सम्मानपत्र हस्तान्तरण गर्दै भक्तपुरलाई […]

एकडारामा गर्भवती तथा सुत्केरीलाई पोषण आहार वितरण ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ साउन २८, मंगलवार महोत्तरीको एकडारा गाउँपालिका वार्ड नं ३ भटौलिया स्वास्थ्य चौकीमा गर्भवती तथा सुत्केरी आमाहरुलाई पोषण आहार वितरण कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ का वडा अध्यक्ष रामविलास रायको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उनकै हातबाट सुत्केरी आमाहरूलाई पोषण आहार वितरण गरिएको थियो । कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा […]