रोशन कुमार मिश्र, महोत्तरी । २०८१ मंसिर १७, सोमवार

महोत्तरीको एकडारा गाउँपालिकाको सभा हलमा सरोकारवालासंग पोषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता आइआरडिएस (irds) को फोकल पर्सन उमेश न्यौपानीले गरेको थियो। प्रमुख अतिथिको रुपमा एकडारा गाउँपालिकाको अध्यक्ष दीप नारायण मण्डल र विशिष्ट अतिथिकाे रुपमा उपाध्यक्ष महजबी खातुन तथा प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादवरहेको थियोे ।
एकडारा गाउँपालिकाको सम्पूर्ण वडाध्यक्ष र सम्पूर्ण शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख, शिक्षक, प्रहरी, पत्रकार, बालबालिका सहितको उपस्थिति रहेको थियो । वर्ल्ड भिजनका श्याम अधिकारी, प्रमिल अधिकारी, पूजा पोखरेल मण्डल, भास्कर सापकोटा, प्रिशिला ढकाल, आइआरडिएसका आरती चौधरी, भूपेन्द्र निरौला, गुलाम अनसरी, राजीव झा, इन्द्रा कुमारी, शेख हासिफ र उषा कार्की लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको प्रमुख उद्देश्य सरोकारवालासँग बृहत पोषण सम्बन्धी अन्तरक्रिया गरि समस्याको पहिचान र निदानमा सहयोग पुर्याउनु रहेको छ ।