नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

मुलुक डेस्क, काठमाडौ । २०८१ पौष २६, शुक्रवार नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ। मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे । संगोष्टीको […]

अखिल भारतीय कायस्थ महासभामा अध्यक्ष डा. दत्त सरिक हुने ।

मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २४, बुधवार मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त भारतमा हुने “अखिल भारतीय कायस्थ महासभा”द्वारा आयोजित कार्यक्रममा भाग लिने भएका छन् । जनवरी १२ मा नयाँ दिल्लीमा आयोजना हुने “स्वामी विवेकानन्द तथा महर्षि योगी जयन्ती समारोह र कायस्थ उत्सव २०२५” मा अति विशिष्ट अतिथिको रुपमा सहभागी हुन् शनिबार नयाँ दिल्ली जाने […]

पत्रकारको सदस्यता नामावलीमै बिरोध ।

मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति बहुसंख्यक जिल्ला अध्यक्षको आपत्ति देखिएको छ। ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाउदै महासंघकाे मुल ढोका बन्द गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाएका हुन् । ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूको हस्ताक्षर रहेको […]

बाल अधिकार समितिको वार्षिक समिक्षा बैठक ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र २३, आइतवार दलित समाज उत्थान समिति नेपालको आयोजनामा बाल अधिकार समितिको वार्षिक समिक्षा बैठक महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ । महोत्तरीको सम्सि र एकडारा गाउँपालिकाको समन्वय र वर्ल्ड भिजन नेपालको सहयोगमा जलेश्वर नगरपालिका वडा नं. २ मा स्थित जलेश्वर मामाज होटलमा बाल अधिकार समितिको वार्षिक समीक्षा बैठक सम्पन्न […]

निजामती सेवा दिवसको अवसरमा मधेशका मुख्यमन्त्री सिंहको शुभकामना ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २२, शनिवार आज निजामती सेवा दिवसको अवसरमा देशका सबै निजामती सेवाका कर्मचारीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुभकामना व्यक्त गरेका छन्। मधेश प्रदेशमा समेत प्रदेश निजामती सेवा ऐन २०७७ र प्रदेश निजामती सेवा नियमावली २०७९ छ । कानुन बनाएर मात्र हुँदैन, यसको कार्यान्वयन पनि हुनुपर्छ भन्ने मुख्यमन्त्री सिंहको दावी […]

आज २१ औँ निजामती सेवा दिवस।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २२, शनिवार २१ औँ निजामती सेवा दिवस आज शनिबार देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । तीन वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको छ । विसं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि […]

मधेश अधिकार बिहिनको अवस्थामा: मुख्यमन्त्री सतिश सिंह।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २०, बिहीवार वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले संघीय सरकारले प्रदेशलाई पूर्ण अधिकार नदिँदा प्रदेश सरकारलाई काम गर्न कठिन भएको बताएका छन्। उनले प्रदेशलाई सशक्त र समृद्ध बनाउनका लागि अधिकार अभावको समस्या महत्वपूर्ण चुनौती बनेको भन्दै यस विषयमा संघीय सरकारसँग लामो समयदेखि संवाद भइरहे पनि ठोस जवाफ र […]

जलेश्वरका मेयर साहद्वारा प्रहरीका उच्च अधिकृतलाई स्वागत ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १९, बुधवार नेपाल प्रहरीका उच्च अधिकृतद्वारा जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुगमनमा आउँदा जलेश्वरका मेयर सुरेश साह सोनारद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीका अतिरिक्त माहानिरिक्षक सुदिप गिरि, नेपाल प्रहरीका मधेश प्रदेशका डिआइजी यज्ञ बिनोद पोख्रेल, डिआइजी राजेश नाथ बास्ताेला लगायत नेपाल प्रहरीका अन्य अधिकारीले आज जलेश्वरनाथ महादेव मन्दिरमा पुजापाठ […]

एकडारा गाउँपालिकाको आयोजनामा स्थानीय भूपयोग योजना सम्बन्धि कार्यशाला गोष्ठी ।

रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र १४, शुक्रवार महोत्तरीको एकडारा गाउँपालिकाको आयोजनामा स्थानीय भूपयोग योजना सम्बन्धि कार्यशाला गोष्ठी आज बर्दिबासमा सम्पन्न भएको छ । बर्दिबासको गौतम होटलमा सम्पन्न एकडारा गाउँपालिकाको भूपयोग योजना तर्जुमा सम्पन्न भएको छ । आधार पत्र तर्जुमा तथा दीर्घकालीन सोच निर्माण कार्यशाला गोष्ठीका प्रमुख अतिथि वन अधिकृत बेचु कुमार मिश्र र […]

संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीका अध्यक्षतामा मूल समारोह ।

मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १०, सोमवार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन (२०७२ असोज ३) लाई राष्ट्रिय रुपमा मनाउन […]