रमेश लुइँटेल, काठमाडौ । २०८१ चैत्र २१, बिहीवार

नेपाल बार एसोसिएसनको आगामी २०८१ चैत २३ मा हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ र वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र प्रतिस्पर्धामा रहेका छन्।

नेपाल बार एसोसिएसनको स्थापना २०१३ साल पौष ७ गते पश्चात् नेपालमा हरेक राजनीतिक तथा सामाजिक परिवर्तनका बाहकको रुपमा अहम भूमिका निर्वाह गरी आएको कुरा विदितै छ। नेपाल बार एसोसिएसनकाे इतिहासलाई हृदयमङ्ग गर्दै हाल न्यायपालिका भित्र देखापरेका विकृति विसंगति र भ्रष्टाचार विरुद्ध उभिने र कानुन व्यवसायीहरूको हकहित र सुरक्षाको सुनिश्चितता गर्ने भ्रमण श्रेष्ठको दृढ संकल्प रहेको छ। नेपाल बार एसोसिएसनबाट गरिने निर्णय तथा न्यायपालिका र न्यायपरिषद्बाट गराउने निर्णय आधार कारण सहित संविधान र कानुनसँग पारदर्शी र उत्तरदायी हुनुपर्ने मान्यता रहेको छ।

नेपाल बार एसोसिएसनको कार्यसमितिको निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने सदस्य तथा पदाधिकारीहरूको चयन तथा मनोनयनमा सरकार राजनीतिक दलको हस्तक्षेप हुनुहुँदैन सरकार तथा राजनीतिक दलको हस्तक्षेप र बाधाविरोध बिना व्यवसायिक कानुन व्यवसायीहरु नै आफ्नो नेता आफूले नै छान्ने र मनोनयन गर्न पाउनु पर्दछ भन्ने रमन कुमार श्रेष्ठको टिमले जनाएको छ ।

वरिष्ठ अधिवक्ता प्रा. डा. विजय प्रसाद मिश्रले आफ्नो १६ बुदे घोषण पत्र जारी गरेका छन् । श्रेष्ठले पनि कानुन व्यवसायीहरूको व्यवसायिक हकहित, प्रतिष्ठा र व्यवसायिक सुरक्षा, स्वतन्त्र सक्षम जवाफदेही र भ्रष्टाचारमुक्त, संविधान संशोधन र न्यायपालिकाको पुनर्संरचना कानुन व्यवसायीको दक्षता अभिवृद्धि तथा विशेष कार्यक्रमको सम्बन्धमा, सूचना प्रविधि र कानुन व्यवसायी, अन्तर्राष्ट्रिय सम्बन्ध, एसोसिएसनमा संस्थागत सुधार तथा भूमिकाका सम्बन्धमा, कानुनी शिक्षा कानुन क्याम्पस र विश्वविद्यालयका सम्बन्धमा र विविध गरी १० वटा आफ्नो घोषणापत्र जारी गरेका छन्। वरिष्ठ अधिवक्ता शम्भु थापाले श्रेष्ठलाई अध्यक्ष पदका उम्मेदवारको प्रस्तावक हुन् भने समर्थक वरिष्ठ अधिवक्ता सुनिल कुमार पन्त रहेका छन्।

#muluktimes #nepalbarassociation #nepalbar #lawyers #judiciary #nepaliLaw #law

Leave a Reply

Your email address will not be published. Required fields are marked *