पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा ।
मुलुक डेस्क, काठमाडौं । २०८१ असोज ०१, मंगलवार पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई […]
जनकपुरमा संयुक्त मधेश संघर्ष समितिको खबरदारी सभा
मुलुक डेस्क, जनकपुरधाम । २०८१ असोज ०१, मंगलवार जनकपुरमा संयुक्त मधेश संघर्ष समितिले ‘मधेश र संविधान संशोधन’ मा केन्द्रित भएर खबरदारी सभा गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता संविधानसभा सदस्य डा. विजय कुमार सिंहको सभापतित्वमा भएको उक्त खबरदारी सभामा वक्ताहरुले नेपाली काँग्रेस र नेकपा ऐमालेद्वारा प्रस्तावित भइरहेको संशोधन जनताको समानुपातिक प्रतिनिधित्व र समावेशिताको […]
संसदको चालु अधिवेसन अन्त्य ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेसन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिश […]
सहकारी बारे संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३१, सोमवार सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्यान्यवन गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको बैठकमा समितिका सभापति सुर्य थापाले समितको प्रतिवेदन पेश गरेका थिए । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते […]
प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३०, आइतवार प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपराहन्न १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । आज १ बजे बस्ने भनिएको बैठक शुरुमा २ बजे र त्यसपछि ३: १५ बजे बस्ने तय गरिएको थियो । गत बुधबार बसेको बैठक […]
प्रतिनिधि सभाको बैठक आज बस्दै।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र ३०, आइतवार प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १ बजेदेखि बैठक बस्दै छ । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको […]
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २५, मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवन शितल निवासमा पेस गरेका छन् । शीतल निवासमा आयाेजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९- ०८० र २०८०-०८१ को […]
राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न प्रदान ।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २४, सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दज्र्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले […]
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछः राजेन्द्र लिङदेन।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् । उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको […]
सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिप्रति खतिवडाको आपत्ति।
मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र १८, मंगलवार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताउदै सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिबारे […]