रोशन कुमार मिश्र, महोत्तरी । २०८१ भाद्र २३, आइतवार

दलित समाज उत्थान समिति नेपालको आयोजनामा बाल अधिकार समितिको वार्षिक समिक्षा बैठक महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ ।
महोत्तरीको सम्सि र एकडारा गाउँपालिकाको समन्वय र वर्ल्ड भिजन नेपालको सहयोगमा जलेश्वर नगरपालिका वडा नं. २ मा स्थित जलेश्वर मामाज होटलमा बाल अधिकार समितिको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। दलित समाज उत्थान समिति नेपालको अध्यक्ष ड्याजी पाण्डेको अध्यक्षतामा र एकडारा गाउँपालिकाको अध्यक्ष दीप नारायण मण्डलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बाल संरक्षण अधिकृत वर्ल्ड भिजन इन्टरनेसनल नेपाल बर्दीबासका कृपाराज जोशी, एकडारा गाउँपालिकाका उपमेयर महजबी खातुन, स्वास्थ्य शाखा प्रमुख महेन्द्र मण्डल, शिक्षा शाखा प्रमुख शिव शरणदास, गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सखी चन्द यादव, वडा नं ३ का अध्यक्ष रामविलास यादव लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो
