मुलुक डेस्क, काठमाडौं । २०८१ पौष २४, बुधवार

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त भारतमा हुने “अखिल भारतीय कायस्थ महासभा”द्वारा आयोजित कार्यक्रममा भाग लिने भएका छन् ।
जनवरी १२ मा नयाँ दिल्लीमा आयोजना हुने “स्वामी विवेकानन्द तथा महर्षि योगी जयन्ती समारोह र कायस्थ उत्सव २०२५” मा अति विशिष्ट अतिथिको रुपमा सहभागी हुन् शनिबार नयाँ दिल्ली जाने कार्यक्रम रहेको अध्यक्ष डा.दत्तको सचिवालयले जनाएको छ।देश-विदेशका सामाजिक अभियन्ताहरुको उपस्थिति रहने कार्यक्रम सकेर अध्यक्ष डा. दत्त सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।