मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २२, शनिवार

२१ औँ निजामती सेवा दिवस आज शनिबार देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । तीन वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको छ ।

विसं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउने गरेको हो । प्रत्येक वर्ष दिवस मनाइरहँदा निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने अझै सन्तुष्ट हुन सकेको छैनन्।

संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा वृत्तिविकास अवरुद्ध भएकाले कर्मचारी उत्साहित भएर सेवा प्रदान गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बताउँछ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीको मनोबल कमजोर बनेको बताउँछन् । स्थायी सरकारको रूपमा रहेका कर्मचारी संयन्त्रले राम्रो काम गर्दा मात्र सरकारको छवि राम्रो बन्ने उनको बुझाइ रहेको छ। चाँडै ऐन जारी गरी कर्मचारीको मनोबल उच्च पार्न आफू लागिपरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *