मुलुक डेस्क, काठमाडौं । २०८१ भाद्र २२, शनिवार

आज निजामती सेवा दिवसको अवसरमा देशका सबै निजामती सेवाका कर्मचारीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुभकामना व्यक्त गरेका छन्।

मधेश प्रदेशमा समेत प्रदेश निजामती सेवा ऐन २०७७ र प्रदेश निजामती सेवा नियमावली २०७९ छ । कानुन बनाएर मात्र हुँदैन, यसको कार्यान्वयन पनि हुनुपर्छ भन्ने मुख्यमन्त्री सिंहको दावी रहेकोे छ। कानुन कार्यान्वयनले मात्र सरोकारवालाहरूको अपनत्व सम्बन्धित कानुनप्रति हुन्छ ।
प्रदेशको स्वामित्व र ममत्व हुने प्रदेश निजामती सेवा दिवस माघ २८ गते हामीले मनाउने नै छौं । प्रदेश सरकार प्रदेश निजामती सेवा ऐन २०७७ र प्रदेश निजामती सेवा नियमावली २०७९ पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध छ ।

कानुन कार्यान्वयन गरिरहँदा आवश्यक्ता र औचित्यका आधारमा ऐन तथा नियमावली परिमार्जन गर्न समेत सरकार तत्पर रहनेछ ।
प्रदेश निजामती सेवा ऐन र प्रदेश निजामती सेवा नियमावलीमा भएका पुरस्कार, औषधि उपचार, कर्मचारीको सन्ततीलाई छात्रवृत्ति, जागिर अवधिमा एकपटकका लागि घर बनाउन सहुलियत ऋण लगायतका व्यवस्था कार्यान्वयनमा ल्याउन सरकारले आवश्यक गृहकार्य गर्नेछ । प्रदेश सरकारको कामकाजलाई सुशासनयुक्त र संस्थागत बनाउन निजामती कर्मचारीको थप ऊर्जा र सिर्जनशीलताको अपेक्षा पनि गर्दछ भन्ने अभिव्यक्ति मुख्यमन्त्री सिंहको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *