मुलुक डेस्क, बारा । २०८१ पौष १९, शुक्रवार

मधेश प्रदेशको बारा जिल्लाको सदरमुकाम कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार परियोजनाको एक विशेष समारोहका विच खानेपानीमन्त्री प्रदिप यादवले शिलान्यास गरेका छन् ।

बारा जिल्लाको कलैया उप-महानगरपालिका स्थित मानमत-कलैया-मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (३.४ कि.मि.) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको आज मन्त्री यादवले शिलान्यास गरेका छन्।

नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया, बाराको आयोजनामा उक्त परियोजनाको शिलान्यास कार्यक्रम गरिएको मन्त्री यादवले बताएका छन् । नयाँ खानेपानी पाईपलाईन विस्तार पछि यहाँका नागरिकले शुद्ध एवं सुरक्षित खोपानी खान पाउने कुरामा मन्त्री यादव विस्वस्त रहेको बताए ।
