मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०३, आइतवार

वरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ विश्व मिर्गौला दिवसको अवसरमा सम्मानित भएको छ ।

विश्व मृर्गौला दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रिय अध्यक्ष बलराम सुवेदीले डा. श्रेष्ठलाई सम्मान गरेको हो । नेपालमै सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने शल्य चिकित्सकका रूपमा परिचित डा. पुकार चन्द्र श्रेष्ठले हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३७३ जनाको मिर्गौला र ३२ जनाको कलेजो सफलता पूर्वक प्रत्यारोण गरी सकेका छन् ।

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने डा. श्रेष्ठले मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारापेण गर्ने ऐतिहासिक कार्यमा समेत महत्वपूर्ण योगदान दिएका छन् । विश्व मृर्गौला दिवस विविध सांगितिक कार्यक्रमका साथ सम्पन्न भएको छ। ललितपुरमा आयोजित उक्त अवसरमा प्रख्यात लोक तथा दोहोरी गायक प्रकाश सपुतबाट विशेष संगितिक प्रस्तुति दिनुका साथै मस्तिष्क मृत्यू पश्चात अंगदान गर्ने घोषणा गरेका छन् ।

देश र समाजको सबै पक्ष कलाकार, पत्रकार, समाजसेवी, राजनीतिज्ञ, जनसाधारण तथा चिकित्साकर्मीहरु तथा प्राविधिक र सर्वसाधारण सबैमा अंगदान विशेष गरेर मस्तिष्क मृत्यू पश्चातको अंगदान सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्नपर्ने कुरा औंल्याउनु भएको र स्वयं आफैंले पनि मृत्यु पश्चात सम्पूर्ण अंगदान गर्ने घोषणा गरे । मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपणकी राष्ट्रिय संयोजक डा. कल्पना कुमारी श्रेष्ठ र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अंगदान कार्ड हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *