रितु गुप्ता,
वर्षः ०१ | अङ्क: ०८ | बैशाख २०७६
शरद गयो, शिशिर गयो, अब वसन्तको कुरा
बैरी हरायो, पराई लुकायो, अब आफन्तको कुरा
भोक मेट्यो, थकाई मर्यो अब आनन्दको कुरा
गुराँस हाँस्यो, पुतली नाच्यो, अब उम·को कुरा ।
उकालो चढियो, अरोलो झरियो, अब गन्तव्यको कुरा
परिश्रम गरियो, डटेर लडियो–जितियो, अब कर्तव्यको कुरा
विवाद, अपवाद, नातावाद बिर्सियो, अब केवल सभ्यको कुरा
हजारौ तारा साथै जुन गजबै टल्क्यो, अब रातको भव्य कुरा ।
एक्लोपन उदासीका क्षण सके, अब स्नेह विस्तारका कुरा
शिष्ट वचन, सुन्दर पहिरन अब स्वच्छ विचारको कुरा
होचो मुखमा घोच्न कोल्ले सक्नु ? अब संसारका कुरा
रित्तो थाली, खाली प्यालीमा पस्किए अब प्यारका कुरा ।
सम्झना बिर्सना कल्पना होइन, अब मेलमिलापको कुरा
मिल्यो धन, पिरतीका बाचा कसम अब अपार लाभको कुरा
दानले दरिद्रता, ज्ञानले अन्धाकार भाग्यो, अब विकासका कुरा
जादुमय स्पर्श, भद्र व्यवहार, अब दिव्य चन्द्र मुहारको कुरा ।
पञ्चे बाजा, फूलमाला, उत्सव अनि अब धुमधामको कुरा
अपनत्व नै पूजा, प्रियका मधुर मुस्कान मै सारा धामको कुरा
आत्मा जोडिए, अब हातमा मेरो हात उनलाई शानको कुरा
कलम भेटेँ, भाग्य राम्र्रा मात्रै लेख्छु, अब मेरो हातको कुरा ।