सुधा सिंह,
वर्ष: ०२ | अङ्कः १० | असार २०७६
ग्रेडिङ पद्धति (अक्षरांकन पद्धति) लागु गरी पासफेलको अवधारणालाई हटाउँदै सरकारले विद्यालय शिक्षाको गुणस्तरियता आभाष गराउँदै ‘विद्यालय शिक्षामा अक्षरांकन पद्धति, कार्यान्वयन कार्यविधि २०७२’ लागु गरेको हो । फलामे ढोका भनिदै आएको एसएलसीलाई अहिले परिमार्जित गदैर् माध्यमिक शिक्षा परीक्षामा रुपान्तरित गरिएको छ । विद्यार्थीको सिकाई र उपलब्धिलाई ग्रेडका आधारमा मापन गरिँदै आएको छ । नयाँ शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय शिक्षा भनिएको छ । सुरुवात देखि कक्षा ८ सम्म आधारभूत तह र ९ देखि १२ लाई माध्यमिक तह कायम गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको एसइई नतिजाअनुसार कुल सहभागि ४ लाख ५९ हजार २ सय ७५ विद्यार्थी (साधारण–४,४९,६४२ र प्राविधिक–९,६३३) मध्ये जिपिए ३.६ दखि ४ (ए प्लस) प्राप्त गनेर् जम्मा ३.८२५ मात्र छन् । सबभन्दा बढी २ लाख ७० हजार अर्थात ५९५ भन्दा बढी विद्यार्थीले मध्यमस्तरका जिपिए ल्याउन सफल भएका छन् । ७१५ सामुदायिक र २९५ निजी विद्यालयबाट एसइई परीक्षामा सम्मिलित विद्यार्थी भएपनि नतिजा निजी विद्यालयको हकमा
बढी गएको देखिन्छ ।
संवैधानिक व्यवस्थाअनुसार कक्षा ८ को परीक्षा स्थानीय तह, कक्षा १०को प्रदेश सरकार तथा कक्षा १२को परीक्षालाई राष्ट्रिय परीक्षाको रुपमा संघीय सरकारले लिने व्यवस्था छ । यसै अनुरुप प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्रका साथ लिइएको एसइई परीक्षामा अन्य प्रदेशको तुलनामा प्रदेश ३ सबभन्दा अगाडि रहेको छ भने प्रदेश २ सबभन्दा पछाडि परेको छ । ग्रेडिङ सिस्टमपश्चात यस पटकको नतिजा सबभन्दा उच्च अर्थात् १.६ देखि ४ जिपिएसम्म ल्याउनको संख्या ८७.६४ प्रतिशत रहेको छ ।
सरकारले वषेर्नी सरकारी विद्यालयको शैक्षिक सुधारको लागि विभिन्न कार्यक्रम र बजेट निकाशा गरेपनि नतिजामा संतोषजनक सुधार भएको देखिदैन । जबकी शिक्षा नियमावली अनुसार कम्ती २२० दिन विद्यालय खुल्नु पनेर् हो तालिकाअनुसार शिक्षकले १९२ दिन पठनपाठन संचालन गर्नुपर्दछ र प्रति विषय १२८ घण्टा पढाउनु पनेर् हो । यद्यपि फितलो अनुगमन र कडा कार्यवाहीको अभावमा विद्यालयको संचालन आ–आफ्नै ढंगले हुने गरेको पाइन्छ ।
नेपाली इतिहासमा एसएलसी परीक्षा
‘फलामे द्वार’ को रुपमा हेनेर् गरिएको एसएलसी परीक्षाको इतिहास त्यति लामो नभएपनि अनौपचारिक रुपमा शैक्षिक परम्परा र शिक्षण संस्थानको प्रचलन प्राचीन नै मानिन्छ । वि.सं. १९९० सालमा नेपालमा पहिलोपटक एस. एल. सी. (स्कूल लिभिङ्क सर्टिफिकेट) परीक्षा बोर्डको गठन भएको थियो ।
“तमसोमा ज्योतिर्गमय” अर्थात् अँध्यारोमा उज्यालोको जति महत्व छ, मानव जीवनमा शिक्षाको उत्तिकै महत्व रहेको छ । शिक्षाले संस्कार, शैली, सभ्यता, सफलता, सन्तुष्टि तथा अनुशासनको पाठ पढाउने गर्दछ । शिक्षाकै कारण विश्वमा विकास र समृद्धिको सपना पूरा भएको छ । तसर्थ शिक्षा र ज्ञान विश्वको मानव जातिका लागि अपरिहार्य बनेको छ ।
यसै सन्दर्भमा नेपालको शैक्षिक इतिहासलाई केलाउँदै जाँदा सर्वप्रथम यसको श्रेय नेपालका प्रथम राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणालाई जान्छ । उनी पहिलोपटक बेलायत लगायतका आसपासका मुलुकहरुको ऐतिहासिक भ्रमण सम्पन्न गरी १९०७ मा स्वदेश फकेर् लगत्तै वि.सं. १९१० मा अंग्रेजी सिकाउने अंग्रेजी प्रारम्भिक स्कुलको स्थापना गरेका थिए ।
शिक्षाको उज्यालोले जगमगाउन र सांसारिक प्रतिस्पर्धामा आफ्ना सन्ततीहरु र भाइभारदारहरुलाई सक्षम एवं क्षमतावान्बनाउने उद्देश्य यो विद्यालय उनले आफ्नै निवास थापाथली दरबारस्थित दाख चोकको भूइतल्लामा स्थापना गरेका थिए । बेलायत बरालिएपछि आफ्नो सोच र कार्यशैलीमा समेत परिवर्तन गदैर् जंगबहादुरले स्कुल खोल्ने दृढ निश्चय गरे । बेलायती सभ्यता, नागरिकको चिन्तन र सोच, विज्ञानको विकास एवं शिक्षाको महत्व बुझ्दै स्कुल स्थापना गरे ।
वि.सं. १९३४ सालमा दरबार हाइस्कूलमा परिणत यस स्कुलमा भने राणाका सन्तानहरु मात्रै अध्ययन गर्न पाँउथे । वि.सं. १९४२ बाट मात्र सर्वसाधारण नेपालीका लागि खुल्ला गरिएको ऐतिहासिक दरवार हाइस्कुल वि.सं. १९३६ देखि कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो ।
वि.संं. १९९० मा एसएलसी बोर्ड गठन हुनुपूर्व सम्पुर्ण विद्यार्थीहरु परीक्षा दिनको लागि कलकत्ता र पटना विश्वविद्यालय जानु पनेर् प्रावधान थियो । वि.सं. १९९० देखि २००३ सम्मको एसएलसी पटना विश्वविद्यालयले संचालन गरुन्जेल प्रश्नपत्र, सुपरिटेण्डेण्टहरु र उत्तरपुस्तिका उतैबाट आउने र उत्तै चेकजाँच हुने गर्दथ्यो । वि.सं. २००३ सालमा नेपाल सरकारद्वारा संचालन हुने व्यवस्था भएपछि सम्पूर्णरुपमा परीक्षाको सबै गतिबिधि नेपालमै हुन थाल्यो ।
नेपालमै शिक्षा र शिक्षण संस्थाको आरम्भ गनेर् दरबार हाईस्कुल आफैमा ऐतिहासिक धरोहर हो । १६७ वषेर् लामो इतिहास बोकेको यस स्कुलबाट वि.संं. १९९०मा पहिलोपटक एसएलसी परीक्षामा कुल ३४ जना परीक्षार्थीहरु सामेल थिए जसमा १० जना द्वितीय श्रेणी र ९ जना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना अनुतीर्ण एवं १ जना अनुपस्थित भएको तथ्याङ्ग छ । तर प्रथम श्रेणीमा कोही पनि पर्न सकेनन् कूल ८०० पूर्णाङ्ग रहेको उक्त परीक्षामा प्रत्येक विषयमा उतीर्णाङ्ग ३६ थियो ।
बोर्डमा सर्वप्रथम हुने अर्थाते बोर्ड टपरको नाम घोषणा गनेर् परम्परा पनि शुरुवातदेखि नै चल्दै आएको छ ।