Letter of Credit/ Irrevocable Letter of Credit
रितु गुप्ता,
वर्षः ०२ | अङ्कः १० | असार २०७६
प्रतीतपत्र गैर कोषमा आधारित कर्जाका प्रकार मध्ये एक महत्वपूर्ण कर्जा सुविधा हो जुन ‘क वर्ग’ का र्बैंक र ‘ख वर्ग’का राष्ट्रिय स्तरका विकास बैंकले बेच्ने गर्दछन् । यसलाई डकुमेन्टरी क्रेडिट पनि भनिन्छ । नेपाली मुद्रा, भारतीय मुद्रा तथा अन्य निर्धारित परिवत्र्य विदेशी मुद्रामा व्यापार गर्न (सामान खरिद, बिक्रि गर्न वा आयात, निर्यात गर्न) आयातकर्ता र निर्यातकर्ता दुवैलाई सहज र सुरक्षित बनाउने एक प्रकृया हो । प्रतीतपत्र भनेपछि एक देशबाट अर्को देशमा मात्र सामान आयात निर्यात गर्दा गरिने कागजी प्रतिबद्धता हो भन्ने भ्रम छ तर क्रेता र बिक्रेता एउटै देश अझ एउटै सहरका व्यापारी हुन सक्छन् । दुवै क्रेता र बिक्रेता एउटै बैंकका ग्राहक भएर पनि प्रतीतपत्रको सुविधा लिन सक्छन् ।
प्रतीतपत्र भनेको ग्राहकको अनुरोधमा (निर्यातकर्ता र आयातकर्ताले) आफ्नो बैंकको माध्यमबाट पूर्व निर्धारित शर्तहरूको आधारमा प्रतिबद्धता अनुसारको रकम भुक्तानी दिनका लगि कुनै प्रकारको बाधा अड्काउ नहुने गरी जारी गरेको वैधानिक कागजात हो । प्रतीतपत्रले अन्तर्राष्ट्रिय व्यापार व्यवसाय विस्तार गर्न ठुलो सहयोग पुर्याउँछ । वास्तवमा विभिन्न प्रकारका शर्तहरु राखी व्यापारिक कारोबारको भुक्तानी व्यवस्थापन गर्नका लागि एक बैंकले अर्को बैंकलाई दिएको लिखित आदेश प्रतीतपत्र हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार, ‘प्रतीतपत्र’ भन्नाले कुनै एक बैंक वा वित्तीय संस्थाले कुनै अर्को बैंक वा वित्तीय संस्थाको नाममा कुनै व्यक्तिको निश्चित रकमले खामेसम्मको चेक, ड्राफ्ट वा विनिमयपत्र स्वीकार गर्न भनी लेखेको पत्र सम्झनु पर्छ ।” UCPDC 600 (Uniform Customs and Practices for Documentary Credits) को धारा २ बमोजिम प्रतीतपत्रलाई यसरी परिभाषित गरिएको छ ः
“Documentary Credit(s)” and Standby letter(s) of Credit (hereinafter referred to as “Credit(s)” mean any arrangement however named or described, whereby a bank (the issuing bank) acting at the request and on the instructions of a customer (the applicant) or on its own behalf,
i . is to make a payment to or to the order of a third party ( the beneficiary) or is to accept and pay bill of exchange (Draft(s)) drawn by the beneficiary,
ii . authorizes another bank to effect such payment or to accept and pay such bills of exchange (Draft(s)), or
iii . authorizes another bank to negotiate, against stipulated document(s), provided that the terms and conditions of the credit are complied with .
क्रेतालाई अग्रीम भुक्तानीबाट उत्पन्न असहजीकरण तथा सामान शर्त बमोजिम आउला नआउला भन्ने डरबाट मुक्तिको लागि, बिक्रेतालाई सामान पठाएपछि भुक्तानी नपाउने हो कि भन्ने डर, चेकबाट भुक्तानीमा चेक फिर्ता हुने डर र झन्झटबाट बच्नका लागि, साथै आयात निर्यात सम्बन्धि कतिपय नियमहरु आयातकर्ता र निर्यातकर्तालाई थाहा नहुन सक्छ, यसरी कानुनी हिसाबले सुरक्षित रहन पनि प्रतीतपत्र मार्फत कारोबार गर्नु आवश्यक छ, कतिपय खण्डमा प्रतीतपत्रबाट व्यापार गर्न काुननी बाध्यता पनि छ ।
आयातकर्ताले आयात प्रतीतपत्र खोल्न सम्बन्धित बैंकले तोकेकोअनुसार प्रतीतपत्र खोल्ने निवेदन पूर्ण रुपमा भरेर सोसँग निम्नानुसारका कागजहरु संलग्न गर्नुपर्छ ः
१) आयातकर्ता फर्मको अद्यावधिक फर्म दर्ता प्रमाणपत्र
२) अद्यावधिक आयकर दर्ता प्रमाणपत्र
३) प्रोफर्मा इन्भ्वाइस, सेल्स कन्टायक्ट पेपर मात्र Proforma Invoice वा Sales Confirmation वा Sales Contract Paper संलग्न गरेर हुन्न, त्यसमा निम्न व्यहोरा स्पष्टरुपमा खुलेको हुनुपर्छ
- सामानको नाम, व्राण्ड र मोडेल नम्बर भए सो समेत
- सामान उत्पादन गर्ने मुलुकको नाम
- इकाई मुल्य, परिमाण र जम्मा मुल्य
- इन्कोटर्म -Insurance- CIF, FOB, CFR, EXW आदि _
भुक्तानीको किसिम Sight Payment, USANCE भए कति समयको र Deferred Payment भएमा कति प्रतिशत डकुमेन्ट प्राप्त भएपछि र कति प्रतिशत सम्पूर्ण सामान प्राप्त भएपछि भुक्तानी हुने हो सो कुरा खुल्ने विवरण आदि
- कम्तिमा ८ अंकको हार्मोनिक कोड नम्बर
- आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन नम्बर
- सो परफोरमा इन्भ्वाइसबाट कति समयभित्र प्रतीतपत्र जारी गरी सक्नुपर्ने सोको विवरण Tolerance भए कति हुने
४) वि.वि.नि. फा.नं.३ भर्नपर्ने
आयात प्रतीतपत्र खोल्दाकै अवस्थामा आयात गरिने मालसामान जुन जुन भन्सार विन्दुबाट भित्रिने हो सो भन्सार विन्दुको नाम र ठेगाना प्रतीतपत्रमा अनिवार्यरुपले उल्लेख गर्नुपर्ने हुन्छ तथा सोही भन्सार विन्दु मार्फत आयात हुने प्रतीतपत्रका कागजहरु मध्ये कम्तीमा इन्भ्वाइस अथवा Transport Document मध्ये कुनै एकमा सो नाका उल्लेख हुने गरी खोल्नु पर्नेहुन्छ ।
Applicant र Beneficiary दुवैको स्वीकृतिमा प्रतीतपत्र खोल्दा वा संशोधन गर्दा All Discrepancies Acceptable भन्ने जस्ता शर्त राख्न पाइदैन । शर्त बमोजिम सारा Clean Document प्रतीतपत्र जारी गर्ने बैंकमा आइसकेपछि SWIFT मार्फत Negotiating Bank लाई भुक्तानी पठाइन्छ ।
उक्त कागजातमा कमि कमजोरी भए Discrepancy Charge नियमानुसार कट्टा गरी भुक्तानी पठाइन्छ ।
वि.वि.नि. फा. नं. ४
प्रतीतपत्र मार्फत आयात गरिएको सामान तोकिएको भन्सार नाकाबाट नेपाल भित्र्याउनका लागि प्रतीतपत्र खोल्ने बैंकले वि.वि.नि.फा.नं. ४ जारी गर्दछ । उक्त फारमका साथ Negotiating बैंकबाट प्राप्त प्रतीतपत्रका शर्त बमोजिमका निम्न कागजातहरु समेत प्रमाणित गरी दिन्छ बैंकले ।
- अधिकार प्राप्त अधिकारीले दस्तखत गरेको प्रतीतपत्रको छविचित्र (संशोधन भएको छ भने सो समेत उल्लेख भएको
- व्यापारिक वीजक
- प्याकिङ्क लिस्ट
- उत्पतिको प्रमाणपत्र
- ढुवानी सम्बन्धि कागजात
- वीमा सम्बन्धि कागजात
युसान्स प्रतीतपत्र –USANCE LC_ को सम्बन्धमा
औद्योगिक फर्महरुले खोल्ने आयात प्रतीतपत्रको हकमा युसान्स अवधि आयातकर्ता र निर्यातकर्ताको सहमति बमोजिम सम्बन्धित बैंकले नै तय गर्न सक्छन् ।
व्यापारिक फर्महरुले गर्ने आयातको हकमा युसान्स प्रतीतपत्रको अवधि बढीमा १२० दिन हुन्छ । Sight LC को हकमा डकुमेन्ट प्राप्त भएको मितिले ५ कार्य दिवसभित्र डकुमेन्ट ठीक भएको जाँच गरी भुक्तानी पठाउनुपर्ने हुन्छ ।
प्रतीतपत्र खोलेको, संशोधन गरेको, वि.वि.नि.फा.नं. ४ जारी गरेको र सो फारम भंसारबाट दरपीठ गरी ठीक सामान छुटेको भनी भंसार अधिकृतको सही र छाप लागेर नआएको विवरण समेत नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागमा बैंकले पठाउनुपर्ने हुन्छ ।
“प्रतीतपत्रको महव”
१. अन्तर्राष्ट्रिय वित्तीय कारोबारका लागि मान्य र भरपर्दो उपकरण
२. प्रतीतपत्रमा संलग्न पक्षहरुमा वित्तीय कारोवार प्रति आत्मबल वृद्धि
३. बैंक संलग्न रहेकोले क्रेता र विक्रेता दुवैलाई सुरक्षा
४. क्रेता र विक्रेता दुवै पक्षलाई कर्जा र विदेशी विनिमय सम्बन्धी सहजता
५. प्रतीतपत्र मार्पmत कारोबार गर्दा कानुनी प्रक्रिया र कागजात पुरा हुने
६. समयमै विक्रेताले भुक्तानी र क्रेताले शर्त वमोजिम गुणस्तर र परिमाणमा सामान पाउने ।
निष्कर्ष ः
अहिले धेरैजसो वाणिज्य बैंकहरुले प्रतीतपत्रको कारोवारलाई वढावा दिइरहेका छन् । यसको बजार झन् झन् परिपक्व र ठूलो हुँदै गइरहेको छ । कोषमा आधारित कर्जाभन्दा धेरै कम जोखिम रहेको र राम्रो कमिसन आम्दानी आउने भएकोले गैर व्याज आम्दानीको राम्रो स्रोत हो प्रतीतपत्र ।
बैंकहरुले प्रतीतपत्र वापत ग्राहकले जम्मा गर्ने मार्जिन खातामा पनि व्याज तिर्नु पर्दैन, त्यो उपलब्धिको स्रोत हो । तसर्थ प्रतीतपत्र कारोबार बैंक, विक्रेता र क्रेता सबै पक्षको लागि उपलब्धिमूलक छ ।
(सन्दर्भः Trade Finance Manual 2007, BAFIA 2073, विदेशी विनिमय ऐन २०१९, www.nrb.com.np)