भारतीय पूर्वमन्त्री जसवंत सिंह रहेनन्

मुलुक डेस्क, वर्ष :३ | अङ्क : १९ | असोज २०७७ भारतका पूर्वमन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । भारतीय जनता पार्टीका संस्थापक नेता सिंह भारतीय सेनाका पूर्व अधिकारीसमेत हुन् । भारतीय राजनीतिमा लामो समयसम्म सदनमा उपस्थिती जनाउने सिंह भारतको अर्थ, विदेश र रक्षामन्त्री बनेका थिए । सिंह पाँच पटक राज्यसभा र […]

ग्लवान घाटीमा २० भारतीय जवानको मृत्यु

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७ जुन १५ गलवानघाटीमा भारतीय र चीनी सैनिकबीच सिमा गस्तिमा झडप हुँदा २० भारतीय जवानको मृत्यु भएको भारतीय सरकारले जनाएको छ। एक जना कमान्डिङ्ग अफिसर संतोष बाबुसहित २० जनाको मृत्यु हुनाले दुवै छिमेकी राष्ट्रबीच नभई दक्षिण एसियामै यस घटनाले तरंग ल्याएको छ। चीनतर्फ पनि एकजना कमाण्डरसहति ३ जनाको […]

डन विकाश दुबेको एन्काउन्टर

मुलुक डेस्क, वर्षः ०३ | अकंः १७ | श्रावण २०७७ फिल्मी कहानी झै हेर्दा हेर्दै कानपुरका गैंगस्टर विकास दुबेको एन्काउन्टर भएको छ। रहस्यमय तरिकाले ९ जुलाइको उज्जैन मध्य–प्रदेशको महाकलेश्वर मंदिर नजिकै प्रकाउ परेका दुबे अन्ततः १० जुलाईको कानपुरमा गाडी दुर्घटना पर्दा भाग्न खोज्दा पुलिसद्वारा एन्काउन्टरमा मारिए। ५६ वर्षिय दुबे बिगत ३० वर्षदेखि अपराध जगतमा संलग्न […]

अमेरिकी सैनिक फिर्ता

वर्षः ०२ |अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ अफगानिस्तानमा नयाँ सरकारको बहालीसँगै शान्ति र सुरक्षामा थप प्रगति हुने त्यहाँको सरकारले आश्वासन दिएको थियो । अमेरिकी र तालिवानबीचको शान्ति वार्तामा सहमति भए अनुसार अमेरिकी सेना फिर्ताको थालनीको शुरुवात भएको हो । अफगानिस्तानका दुइ अखाडाबाट आफ्ना सैनिक फिर्ता लगेको हो ।तालिवानीलाई सुरक्षाको प्रत्याभूति गराउँदै अमेरिकी र तालिवान समुहबीच […]

घानी पुनः राष्ट्रपतिमा निर्वाचित

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ अफगानिस्तानको वर्तमान राष्ट्रपति असरफ घानी पुनः राष्ट्रपतिमा चयन भएका छन् ।  चुनावको झण्डै पाँच महिनापछि निर्वाचन आयोगले राष्ट्रपतिमा असरफ घानीलाई नै निर्वाचित गरेको छ । धाँधलीको आरोप लागेपछि पुनः मतगणना भएकोले परिणाम सार्वजनिक गर्न ढिलाई भएको थियो । स्वतन्त्र निर्वाचन आयोगका अनुसार गत सेप्टेम्बर २८ मा भएको […]

सिंधियाद्वारा भजपा प्रवेश

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ भारतमा विपक्षी कँग्रेसलाई अर्को ठुलो झडका लागेको छ । मध्यप्रदेशमा निकै प्रभावशाली मानिएका कंग्रेस आइका यूवा नेता ज्योतिर्आदित्य सिधिंयाले अन्ततः पार्टीको जिम्मेवारी त्यागेका छन् । कंग्रेसका तर्पmबाट छ मन्त्रीसहित मध्य प्रदेश संसदमा प्रतिनिधित्व गर्ने २२ विधायकले राजीनामा दिएपछि ज्योतिर्आदित्यले पार्टीबाट राजीनामा दिएका हुन्। राजीनामा लगत्तै उनले मुलुकका […]

नड्डा बने भाजपा अध्यक्ष

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १५  | माघ २०७६ भाजपाको विद्यार्थी संगठन अखिल भारित विद्यार्थी परिषद्बाट राजनीति जीवन शुरु गरेका ५९ वर्षिय वरिष्ठ नेता जगतप्रकाश नड्डा भारतीय जनता पार्टीको ११औँ अध्यक्ष चुनिएका छन् । भाजपाको राष्ट्रिय अध्यक्ष पदकालागि भएको चुनावमा एक्लो उम्मेदवार बनेका नड्डा निर्विरोध निर्वाचित भएका हुन् ।  सन् २०१९ को लोकसभा निर्वाचनपछि गठित […]

दिल्लीको सन्देश : वैक्लपिक शक्तिको निरन्तरता

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १५  | माघ २०७६ केजरीवालको लगातार तेस्रो पटक सत्तारोहण भारतको दिल्ली सरकार परिवर्तन गर्न भएको निर्वाचनको परिणामले वैकल्पिक राजनीति गर्नेहरूमा फेरि एकपटक उत्साहको सञ्चार गरेको छ । त्यहाँको आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभाको कुल ७० सिटमध्ये ६२ सिटमा जित हासिल गरेको छ भने बाँकी ८ स्थानमा केन्द्र सरकारको नेतृत्वकर्ता […]

सन्ना विश्वकै युवा प्रधानमन्त्री

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६ फिनल्याण्डकी सोसल डेमोक्र्याटिक पार्टीकी ३४ वर्षिय नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी युवा प्रधानमन्त्री चयन भएकी छिन् । सन् २०१५देखि फिनल्याण्डको जनप्रतिनिधिको रुपमा संसदमा प्रतिनिधित्व गर्दै आएकी सन्ना सोसल डेमोक्र्याटिक पार्टीका उपाध्यक्ष पनि हुन् । प्रधानमन्त्रीको पद्भार ग्रहणपछि मरिन सन्ना विश्वकै कान्छी प्रधानमन्त्री बनेकी छन् […]

राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला

ऋतिक यादव, वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६ भारतको अयोध्यामा राम जन्मभूमि र बाबरी मस्जिदको जमिनको विषयमा भएको विवादको भारतीय सर्वोच्च अदालतले फैसला सुनाएको छ । ४० दिनसम्म चलेको वहसपछि शनिबार दशकौं पुरानो मुद्दाको फैसला गरिएको हो । यो फैसलामा बाबरी मस्जिद भएको ठाउँ हिन्दु पक्षले पाएका छन् । अदालतले “सुन्नी वक्फ” बोर्डलाई अर्को ठाउँमा […]