वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६
अफगानिस्तानको वर्तमान राष्ट्रपति असरफ घानी पुनः राष्ट्रपतिमा चयन भएका छन् । चुनावको झण्डै पाँच महिनापछि निर्वाचन आयोगले राष्ट्रपतिमा असरफ घानीलाई नै निर्वाचित गरेको छ । धाँधलीको आरोप लागेपछि पुनः मतगणना भएकोले परिणाम सार्वजनिक गर्न ढिलाई भएको थियो । स्वतन्त्र निर्वाचन आयोगका अनुसार गत सेप्टेम्बर २८ मा भएको राष्ट्रपतिय चुनावमा घानीले ५०.६४ प्रतिशत र उनका निकटतम प्रतिद्वन्द्वी वर्तमान प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेको आयोगले सार्वजनिक गरेको थियो । आन्तनरिक गृहयुद्धमा नराम्रो तरिकाले फँसेको अफगानिस्तानमा पछिल्लो पाँच वर्ष एकता सरकारको नाममा संयुक्त रुपमा घानी र अब्दुल्लाहले शक्ति बाँडफाँड गर्दै आएका छन् । पछिल्लो केही वर्षयता अफगानिस्तानमा अमेरिकाको प्रमुख नेतृत्वमा सरकारको गठन भएको थियो ।