वर्षः ०२ |अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

अफगानिस्तानमा नयाँ सरकारको बहालीसँगै शान्ति र सुरक्षामा थप प्रगति हुने त्यहाँको सरकारले आश्वासन दिएको थियो । अमेरिकी र तालिवानबीचको शान्ति वार्तामा सहमति भए अनुसार अमेरिकी सेना फिर्ताको थालनीको शुरुवात भएको हो । अफगानिस्तानका दुइ अखाडाबाट आफ्ना सैनिक फिर्ता लगेको हो ।तालिवानीलाई सुरक्षाको प्रत्याभूति गराउँदै अमेरिकी र तालिवान समुहबीच मार्चमा दोहामा सम्झौता भएको थियो । 

सम्झौता र शर्तअनुसार अबको १४ महिनाभित्र अमेरिकी समेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ । १८ वर्षे द्वन्द्वमा अमेरिकी र बेलायती सेनाले तालिवानसँग भीषण रक्तपातपूर्ण युद्ध लडेका थिए । अमेरिकी सेनाले हेल्मान्ड प्रान्तको लक्करगाह र हेरात प्रान्तको सैनिक अखडा छाडेका छन् ।

यद्यपी आतंकवाद विरुद्धको अभियान र अफगान सेनालाई भने अमेरिकाको सहयोग निरन्तर रहिरहने अमेरिकी सेनाका प्रवक्ता लेगिटले जनाएका छन् । अफगानिस्तानमा कूल १२ हजार अमेरिकी सैनिक तैनाथ छन् । शान्ति सम्झौता अनुसारको सर्त अन्तर्गत तालिवान समूहले इस्लामिक स्टेट समूह र अलकायदा जस्ता जिहादी जस्ता गतिविधिलाई निरुत्साहित गर्न मद्दत गर्नेछन् ।  साथै तालिवानले अफगान सरकारसँग शान्ति वार्ता गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *