वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

जुन १५ गलवानघाटीमा भारतीय र चीनी सैनिकबीच सिमा गस्तिमा झडप हुँदा २० भारतीय जवानको मृत्यु भएको भारतीय सरकारले जनाएको छ। एक जना कमान्डिङ्ग अफिसर संतोष बाबुसहित २० जनाको मृत्यु हुनाले दुवै छिमेकी राष्ट्रबीच नभई दक्षिण एसियामै यस घटनाले तरंग ल्याएको छ। चीनतर्फ पनि एकजना कमाण्डरसहति ३ जनाको मृत्यु भएको छ।

यद्यपी भारतीय पक्षले कूल ४३ जवानको मृत्यु भएको दाबी गरेको छ। लाइन अफ एक्चुअल कन्ट्रोलमा भारत–चीनबीचको झडपमा ४५ वर्षपछि सैनिक हताहत भएको छ। सिमा गस्तीमा अनुमान र अड्कलको भरमा दुवै पक्षका सैनिकहरु बीच बारम्बार झडपको खबरहरु नआएको होइन जबकी दुबै राष्ट्रबीचको सम्झैता अनुरुप आपसमा भिड्दा हतियार (बन्दुक) चलाउने अनुमति कुनै पक्षलाई छैन। पूर्वि लद्धाखको यस गलवानघाटीको पेंगयोङ झिलमा मइ ५/६ तारीखमा दुईपक्षका सैनिकबीच हात हालाहाल र धक्कामुक्की समेत भइसकेको छ। सिकिम्मको नाकुला सीमा लगायताका ठाँउ–ठाँउमा विगतमा वषैदेखि दुईपक्षिय झडप र भिडन्त हुदैं आएको छ।

गलवान घाटीमा विगत ६ हप्तादेखि दुई देशका आर्मीबीच लगातार बहस, चर्काचर्की र विवादको स्थिती बन्दै आएको थियो। गत वर्ष भारतले आर्टिकल दफा ३७० हटाए पछि लद्धाखसिमामा चाइनिज फैजको गतिबिधि बढेको थियो। यता भारतीय पक्षले एकतिर्फरुपमा सिमाक्षेत्रमा द्रुतगतिमा बाटो लगायतको निर्माणका पुर्वाधार बनाउँदै गरेकोमा चीनको आपत्ति रहदै आएको छ।

दारबुक,–स्योक–दौलत बेग ओल्डी क्षेत्रमा भारतीय पक्षले बाटो निर्माण गरी बोर्डरसम्म सहज र चाँडै सैनिक बन्दोबस्तीका सामान लैजाने योजनातहत यसलाई पुर्णता दिन थालेको हो। बारम्बार उच्चस्तरीय सैनिक वार्ता दुईपक्ष बीच भएपनि सेनाको गस्ती दुवैपक्षबाट निरन्तर हुँदै आएको छ र तयारी हेर्दा झडपसहित युद्धको सम्भावना प्रबल रहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *