ऋतिक यादव,
वर्षः ०२ | अङ्कः १४ | मंसिर–पौष २०७६
फिनल्याण्डकी सोसल डेमोक्र्याटिक पार्टीकी ३४ वर्षिय नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी युवा प्रधानमन्त्री चयन भएकी छिन् । सन् २०१५देखि फिनल्याण्डको जनप्रतिनिधिको रुपमा संसदमा प्रतिनिधित्व गर्दै आएकी सन्ना सोसल डेमोक्र्याटिक पार्टीका उपाध्यक्ष पनि हुन् ।
प्रधानमन्त्रीको पद्भार ग्रहणपछि मरिन सन्ना विश्वकै कान्छी प्रधानमन्त्री बनेकी छन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक (३५) र न्युजिल्याण्डकी प्रधानमन्त्री असिन्डा आर्डन (३९) छिन् । हुलाक सेवामा भएको हड्तालको विषयमा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री रिन्नेले राजीनामा दिए लगत्तै सन्नाले संसदबाट विश्वासको मत जितेकी थिइन् । उनको पक्षमा ९९ र विपक्षमा ७० तथा ३० जना अनुपस्थित थियो । उनले क्षमतामा विश्वास राख्ने तथा नयाँ कार्यमार्पmत जनताको विश्वास जित्न आपूm क्रियाशील रहने बताएकी छिन् ।