वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

भारतमा विपक्षी कँग्रेसलाई अर्को ठुलो झडका लागेको छ । मध्यप्रदेशमा निकै प्रभावशाली मानिएका कंग्रेस आइका यूवा नेता ज्योतिर्आदित्य सिधिंयाले अन्ततः पार्टीको जिम्मेवारी त्यागेका छन् । कंग्रेसका तर्पmबाट छ मन्त्रीसहित मध्य प्रदेश संसदमा प्रतिनिधित्व गर्ने २२ विधायकले राजीनामा दिएपछि ज्योतिर्आदित्यले पार्टीबाट राजीनामा दिएका हुन्। राजीनामा लगत्तै उनले मुलुकका लागि अझ प्रभावकारी भएर अगाडि बढ्न आपूmले कंग्रेस पार्टी त्यागेको बताएका छन् । उनले कँग्रेसमै बसेर जनताको थप सेवा गर्न सम्भव नभएको जिकिर समेत गरे । काँग्रेस त्याग गरी ज्यातिर्आदित्य  भारतीय जनता पार्टीमा आबद्ध भएका छन । यसअघि दिगविजय सिंहसहितका काँग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए । राजीनामा दिनुअघि ज्योतिर्आदित्यले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।

सन् १९७१ जनवरी १ मा जन्मेका सिंधिया स्टयान्फोर्ड र हावर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका हुन् । उनको विवाह बरोदाको राजकुमारी प्रियादर्शनी राजेसँग भएको हो । पिता माधवरावको निधन पछि ज्योतिरादित्यले कँग्रेसको राजनीपतलाई निरन्तरता दिएका थिए । 

उनी सन् २०१२ देखि २०१४ सम्म डा.मनमहोन सिंह नेतृत्वको सरकारमा राज्यमन्त्री सेमत रहेका थिए । ज्योतिरादित्य सिंधिया ग्वनलियरको लगभग २०० वर्ष पुरानो जय विलास महलका एकला उत्तराधिकारी हुन् । झण्डै ४ हजार करोड मुल्य बराबरको ४०० कोठाको मलह विश्वका उत्यन्तै मनमोहक र विशाल दरबारको रुपमा परिचित छ । ज्योतिरादित्य जीवजीराव सिंधियाका नाति हुन्, जो ग्वालियर रियासतका अन्तिम महाराना थिए । 

ज्योतिरादित्य सन् २००२ मा पहिलोपटक मध्यप्रदेशको गुबासिटिबाट लोकसभामा निर्वाचित भएका थिए । उनी गुणाबाट सन् २०१४ सम्ममा ४ पटक निर्वाचित भए तर २०१९ को लोकसभा चुनावमा पराजित हुन पुगे । ज्योतिरादित्यका हजुरआमा विजयराजे सिंधिया भाजपाका संस्थापक सदस्य थिइन् साथै उनका फुफु –द्वयसुन्धरा राजे र यशोधरा राजे पनि भाजपामै छिन् । सारा परिवार राजनीतिमै होमिएको सिंधियाको घरायसी सम्बन्ध नेपालको राणा परिवार सँग रहेको छ ।