७७ किलो गाँजासहित सर्लाहीमा एक पक्राउ, तीन फरार !
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २, शनिबार ७७ किलो गाँजासहित प्रहरीले सर्लाहीबाट एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का ३० वर्षीय अशोककुमार लामा छन्। हरिवन नगरपालिका-२ बाट बिहीबार साँझ लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले बताए। हरिवन-२ अत्रौली खोलामा बा५२प १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको […]
महोत्तरी मनरामा बाइक दुर्घटना – ३ जना सिकिस्त घाइते
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन १, शुक्रबार महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका वडा नं.१ स्तिथ मनरा महादेव मंठ ( महादेव मन्दिर ) को अगाडि करिब १० बजे राती एक बाइक दुर्घटना भएको छ् । तीन जना सवार उक्त बाइक एकडारा रोड हुँदै मनरा तिर आउदै गरेको अवस्थामा मन्दिर अगाडि दुर्घटनाग्रस्त भएको हो। ज.९प. ९५३४ नम्बरको […]
प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा सर्लाहीको बरहथवामा
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १, शुक्रबार प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजि रहेको यस वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत वित्तीय […]
राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १, शुक्रबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट सम्मानित गरेको हो । यो पुरस्कार १ लाख नगद राशी सहित प्रदान गरिएको छ ।पुरस्कार प्राप्त गरेपछि मदनकृष्ण श्रेष्ठ सामाजिक संजाल मार्फत […]
महोत्तरीको जलेश्वरमा लाखौंको चोरी डकैती
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन १, शुक्रबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार मध्यरातमा लाखौको चोरी भएको छ । जलेश्वर नगरपालिका २ टाउन प्लानिंग स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका पुर्व शिक्षक कुल्दिप पाण्डेयको घरमा उक्त चोरी भएको हो । जेठो छोरा,बुहारी,नाती नातीनीसंगै घरमै सुतेका शिक्षक पाण्डेयको घरको पछाडी पटटीको ढोका फोडी चोर घरमै प्रवेश […]
कपिलवस्तुको भिल्मीमा भीषण आगलागी
कमलेश चन्द्र गुप्ता, कपिलवस्तु ।२०७८ साउन १, शुक्रबार कपिलवस्तुको भिल्मीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा गए रति करीब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ । मच्छड़ धपाउनको लागि गोठभित्र गोबरको गूइठामा आगो सल्काइएको थियो । सोही आगो सल्कीएर […]
वरुणको शिर : संखुवासभाको शिवधारा
मुलुक डेस्क, संखुवासभा । २०७८ साउन १, शुक्रबार पूर्वी नेपालको ओझेलमा परेको धार्मिक पर्यटकीय गन्तव्य हो, शिवधारा । संखुवासभाको मकालु गाउँपालिकास्थित शिवधारा समुन्द्री सतहबाट चार हजार ६ सय मिटरको उचाइमा पर्छ । वरुण नदीको शिर शिवधारालाई तीर्थस्थलका रूपमा लिइन्छ । धार्मिक आस्थासँगै प्राकृतिक रूपमा पनि सुन्दर गन्तव्य हो, शिवधारा । यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा […]
बिश्व हिन्दु महासंघकाे आपत्ति विग्यप्ती मार्फत
मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३१, बिहीबार हिन्दु एकता र अखण्डतालाई कायम राख्दै दिगो शान्तिको लागिबिश्व हिन्दु महासंघ सदैव तत्पर रहेको छ । बिश्व हिन्दु महासंघकाे मर्यादा र गरिमालाई ख्याल नगरी ब्यक्तिगत अभिष्ट पूरा गर्न बिधर्मीहरुलाई सघाउ पुग्ने गरि महासंघका पदाधिकारीहरुमाथि विभिन्न प्रपञ्चहरु खडा गरिएकाेले त्यस्ता कुराहरु बाट सतर्क रहन महासंघका सम्पूर्ण सदस्यहरुमा विग्यप्ती […]
संखुवासभाको सति ढुङ्गा
मुलुक डेस्क, संखुवासभा । २०७८ असार ३१, बिहीबार नेपालको अती नै रमणीय एवं सुन्दर ठाँउ हो – संखुवासभा । प्रदेश न. १ स्थित खुवासभाको खाँदबारी नगरपालिका ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा । सति प्रथा हुँदा यहि ढुङ्गामा सति जाने (मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने) प्रचलन रहेको मान्यता छ् ।
मोस्ट वान्टेड पप्पु पटेल पेस्तोलसहित पक्राउ
मुलुक डेस्क, विराटनगर । २०७८ असार ३१, बिहीबार विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ भारतमा फरार भएका एक जना पेस्तोलसहित विराटनगरबाट पक्राउ परेका छन्। भारतका मोस्ट वान्टेडको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल पेस्तोल र लागूऔषधसहित विराटनगरमा पक्राउ परेका हुन्। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी […]