काठमाडौंमा श्रावण १० सम्म निषेधाज्ञा

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३१, बिहीबार निषेधाज्ञालाई २०७८/०४/१० सम्मका लागि निरन्तरता दिदै जिल्ला प्रशासन कार्यालय काठमाडौबाट आदेश जारी । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा श्रावण १० गते सम्मका लागि निरन्तरता दिइने भएको छ । बिहिबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा श्रावण १० गतेसम्म थप गर्ने निर्णय गरेको हो । […]

नवनियुक्त प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३१, बिहीबार काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्री जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ। १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न […]

साउन १ देखि लामो दूरीका सार्वजनिक सवारी सञ्चालन हुने !

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३०, बुधबार पछिल्लो समय थप गरिएको निषेधाज्ञा यहि असार ३१ गते सकिदैछ। निषेधाज्ञालाइ थप खुकुलो बनाउदै साउन १ देखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालय थालेका छन।जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न […]

१० लाख धरौटीमा गच्छदार रिहा

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३०, बुधबार बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए । पटक–पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई […]

२८ प्रतिशतसम्म गाडी भाडा वृद्धि

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३०, बुधबार सरकारले लामो दुरीमा चल्ने सवारीको भाडादर बढाएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । ​ पेट्रोलियम पदार्थ र गाडीका पार्ट पूर्जाको मूल्यवृद्धिलाई मूख्य आधार बनाएर तीन क्याटागोरीमा भाडा बढाइएको हो । निवर्तमान भौतिक पूर्वाधार तथा […]

सर्लाही बोर्डरमा अवैध लागुऔषध तस्करी

कृष्ण सिंह, सर्लाही । २०७८ असार ३० लकडाउनका कारण केही समयको लागि सुस्ताएको अवैध लागुऔषधको तश्करीले फरी गति लिएको छ। पछिल्लो समय सर्लाही जिल्ला अन्तर्गतको नेपाल-भारत सिमानाका लागुऔषध ओसारपसारको लागि ट्रान्जिट प्वाइन्ट बन्न थालेको छ । प्रहरीले कडाइका साथ निगरानी बढाएपछि जिल्लाको पुर्व पश्चिम राजमार्ग तथा नेपाल भारत सिमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारीहरू पक्राउ पर्न […]

डेल्टा भेरिएन्ट विश्वका १०४ राष्ट्रमा फैलियो

मुलुक डेस्क, काठमाडौँ | २०७८ असार ३० विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १०४ राष्ट्रहरुमा डेल्टा भेरिएन्ट फैलिएको दाबी गरेको छ। साथै यसले भयावह रुप लिने चेतावनी समेत दिएको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले पछिल्लो समय डेल्टा भाइरसको संक्रमण तीव्र रुपमा फैलिएकाले धेरै देशहरु प्रभावित हुनसक्ने बताएका छन् । बिगतको १० साता विश्वभर […]

ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सम्झौता

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३०, बुधबार ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच सहकार्यको लागि सम्झौता भएको छ। नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौता पत्रमा ज्योति विकास बैंकका […]

महोत्तरीमा सेनाका सिपाहीद्वारा आत्महत्या

मुलुक डेस्क, महोत्तरी । २०७८ असार ३०, बुधबार महोत्तरीमा नेपाली सेनाका एक सिपाहींले जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् । रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ बुधबार बिहान मृत अवस्थामा फेला हुन् ।तामाङले आफैले बोकेको […]

कांग्रेस र माओवादीलाई २/२ मन्त्रालय

मुलुक डेस्क, काठमाडौं । २०७८असार २९ नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई मन्त्री नियुक्त गरेका हुन्। नियुक्ति सच्चिएपछि देउवाले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँडले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् भने कांग्रेसका अर्का नेता […]