No photo description available.

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३१, बिहीबार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्री जानकारी दिएका छन्। मन्त्रिपरिषद्को बैठक बस्ने भएपछि आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ।

१४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो पदाधिकारी बैठक बोलाइएको थियो।देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने निर्णय गरेको थियो।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार असोज महिनाभित्र एक तिहाइ र चैतभित्र सम्पूर्ण नेपालीलाई खोप लगाउने निर्णय भएको छ। बैठकले कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *