May be an image of tree, sky and nature

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३१, बिहीबार

निषेधाज्ञालाई २०७८/०४/१० सम्मका लागि निरन्तरता दिदै जिल्ला प्रशासन कार्यालय काठमाडौबाट आदेश जारी । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा श्रावण १० गते सम्मका लागि निरन्तरता दिइने भएको छ ।

बिहिबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा श्रावण १० गतेसम्म थप गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट श्रावण १ गतेदेखि लागू हुने गरी जारी गरिएको आदेश अनुसार जारी निषेधाज्ञा श्रावण १० गते सम्म थप गरेको हो ।

साथै, लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

May be an image of text

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *