No photo description available.

मुलुक डेस्क, महोत्तरी । २०७८ असार ३०, बुधबार

महोत्तरीमा नेपाली सेनाका एक सिपाहींले जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।

रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ बुधबार बिहान मृत अवस्थामा फेला हुन् ।तामाङले आफैले बोकेको हतियारबाट आफ्नै दायाँ कन्चटमा गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।रामेछापबाट मृतकका परिवारजन आएपछि शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि अस्पताल पठाइने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *