May be an image of indoor

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन १, शुक्रबार


महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार मध्यरातमा लाखौको चोरी भएको छ । जलेश्वर नगरपालिका २ टाउन प्लानिंग स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका पुर्व शिक्षक कुल्दिप पाण्डेयको घरमा उक्त चोरी भएको हो ।


जेठो छोरा,बुहारी,नाती नातीनीसंगै घरमै सुतेका शिक्षक पाण्डेयको घरको पछाडी पटटीको ढोका फोडी चोर घरमै प्रवेश गरेर कान्छो छोरा कृष्ण कुमार पाण्डेयको कोठामा प्रवेश गरि दराज भित्र रहेका सम्पुर्ण गरगहना र नगद चोरेर मुख्य गेटबाटै भागेको हो । उक्त गरगहना र नगद गरि दश लाख बराबरको चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले चोरको खोजी भैरहेको र चाडै पक्राउ पर्नेमा आश्वस्त पारे । उनले पेशेवर चोरको काम हुन सक्ने भन्दै आफ्नो विशेष युनिट चोरको खोजीमा लगाएको वताए ।


विगत केहि समय पुर्व जलेश्वरमा विभिन्न चोरहरुलाई समातेर मुद्दा चलाएपछि चोरीमा कमि आएपनि यस चोरीले भने प्रहरी अझै सतर्क भएको र यस क्षेत्रमा रहेका चोरहरुका थप गिरोहहरुको खोजीमा तिव्रता ल्याएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *