May be a closeup

कृष्ण सिंह, सर्लाही । २०७८ साउन २, शनिबार

७७ किलो गाँजासहित प्रहरीले सर्लाहीबाट एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ का ३० वर्षीय अशोककुमार लामा छन्।


हरिवन नगरपालिका-२ बाट बिहीबार साँझ लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले बताए।


हरिवन-२ अत्रौली खोलामा बा५२प १९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँजा फेला परेको बुढाथोकीले जानकारी दिए। लामासँगै रहेका अन्य तीन जना भने फरार भएको बुढाथोकीले बताएका छन्।


सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाँजा तस्करहरूले सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.