May be an image of 1 person and text

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन १, शुक्रबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट सम्मानित गरेको हो ।

यो पुरस्कार १ लाख नगद राशी सहित प्रदान गरिएको छ ।पुरस्कार प्राप्त गरेपछि मदनकृष्ण श्रेष्ठ सामाजिक संजाल मार्फत यसरी खुशी व्यक्त गर्छन :-नेपाल सरकारले यो पटकको राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ प्रदान गरेर मलाई सम्मान गरिदिनु भएकोमा नेपाल सरकार तथा मलाई सधैं माया र आशिर्वाद दिईरहनुहुने मेरा सम्पूर्ण शुभेक्षक स्रोता दर्शक दिदीबहिनी दाजुभाईहरु प्रति कृतज्ञता ब्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *