No photo description available.

मुलुक डेस्क, काठमाडौं । २०७८ असार ३१, बिहीबार

हिन्दु एकता र अखण्डतालाई कायम राख्दै दिगो शान्तिको लागिबिश्व हिन्दु महासंघ सदैव तत्पर रहेको छ । बिश्व हिन्दु महासंघकाे मर्यादा र गरिमालाई ख्याल नगरी ब्यक्तिगत अभिष्ट पूरा गर्न बिधर्मीहरुलाई सघाउ पुग्ने गरि महासंघका पदाधिकारीहरुमाथि विभिन्न प्रपञ्चहरु खडा गरिएकाेले त्यस्ता कुराहरु बाट सतर्क रहन महासंघका सम्पूर्ण सदस्यहरुमा विग्यप्ती मार्फत अनुरोध गरिएको छ् ।

महासंघ अनुसार महासंघ बिरुद्ध तानाबाना बुन्ने र जनमानसमा भ्रम फेैलाउन उद्धत रहेका मिडिया र ब्यक्तिका बारेमा महासंघले प्रेस काउन्सिल नेपालमा उजुरी गरेको जनाएको छ । महासंघ र पदाधिकारीहरुमाथीकाे मानहानी ,अभद्र ,अशिष्ट गतिविधिद्वारा हाम्रो चरित्र हत्या गरि मानसिक तनाव पैदा गराइ साजिक संजाल दुरुपयोग गरि जथाभावी गर्नेलाई साईबर क्राईममा समेत उजुरी गराइएको छ ।

महासंघका पदाधिकारीहरुको बिरुद्ध अनावश्यक रुपमा प्रायाेजित ढंगले श्रृङखलाबद्ध रुमा गरिएका दुस्प्रचारहरु, गलत , भ्रामक र अशिष्ट, अभद्र एवं असामाजिक गतिविधि बिरुद्ध सम्मानित अदालत समक्ष जाने विग्यप्तिमा उल्लेख छ ।

No photo description available.

Leave a Reply

Your email address will not be published.