May be an image of 3 people and people standing

मुलुक डेस्क, विराटनगर । २०७८ असार ३१, बिहीबार

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ भारतमा फरार भएका एक जना पेस्तोलसहित विराटनगरबाट पक्राउ परेका छन्। भारतका मोस्ट वान्टेडको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल पेस्तोल र लागूऔषधसहित विराटनगरमा पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चौक दक्षिणगेट नजिकदेखि पप्पुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले पप्पुको साथबाट एक थान पेस्तोल र अवैध लागूऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा (जङ्गे सीमा स्तम्भ १८० नम्बर) नजिक डम्पिङ साईटको बाटो भएर नेपाल आउने क्रममा बुधबार राती साढे १० बजे पप्पु पक्राउ गरेको बताए।प्रहरीले शंका लागेपछि चेकजाँच गरेको र उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद गरेको थियो।

सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २९५ एम्पुल बरामद गरेको बताएको छ।पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ। यसअघि पनि पप्पुले भारतमा विभिन्न अपराध गरि फरार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *