May be an image of outdoors and tree

कमलेश चन्द्र गुप्ता, कपिलवस्तु ।२०७८ साउन १, शुक्रबार

कपिलवस्तुको भिल्मीमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा गए रति करीब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ ।

May be an image of outdoors


मच्छड़ धपाउनको लागि गोठभित्र गोबरको गूइठामा आगो सल्काइएको थियो । सोही आगो सल्कीएर घर जलेको हो । आगलागीबाट लाता कपड़ा,धान, चामल,दाल ,दउरा, केहि नगद सहित २ वटा बाख्रा जलेर नष्ट भएका छन् ।

May be an image of animal

सो आगलागीबाट करिब लाखौं बराबरको क्षती भएको अनुमान गरिएको छ ।आगलागीबाट घिरे कोरीको घर जलेर नस्ट भएको भिल्मी प्रहरी चौकीका इंचार्ज सम्भु धितालले जानकारी गराए । आगोलाई स्थानियले स्थानीय स्रोत साधनबाट नियन्त्रणमा लिएको स्थानिय निवासी नरेश यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.