
मुलुक डेस्क, महोत्तरी । २०७८ साउन १, शुक्रबार
महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका वडा नं.१ स्तिथ मनरा महादेव मंठ ( महादेव मन्दिर ) को अगाडि करिब १० बजे राती एक बाइक दुर्घटना भएको छ् । तीन जना सवार उक्त बाइक एकडारा रोड हुँदै मनरा तिर आउदै गरेको अवस्थामा मन्दिर अगाडि दुर्घटनाग्रस्त भएको हो। ज.९प. ९५३४ नम्बरको उक्त बाइक आफै अनियंत्रित भइ दुर्घटना भएको जानकारी स्थानीय युवा नेता अमोद सिंहले जनाए ।

नाम खुल्न नसकेको तिनै जना महोत्तरी एकडारा बेला निवासी भएको नेता सिंहले बताए । दुर्घटना पश्चात् स्थानीय युवा दिपक सिंह र प्रहरीको सहयोगमा तिनीहरु लाई थप उपचारको लागि जनकपुर पठाइएको जानकारी समेत नेता सिंहले जनाए ।थप उपचारका लागी पठाइएकामध्ये ३२ वर्षियाको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चाेट लागि अत्यधिक रक्तस्राव भएको छ । बाकी ३५ र ३७ वर्षिय पनि चाेटग्रस्त रहेको छ ।

हुलाकी सडक बने यता मनरामा अत्यधिक दुर्घटना बढेकोमा नगरवाशी चिन्तित रहेको बताउछन स्थानीय बुद्धिजीवी एवं इन्जिनियर प्रमोद कुमार सिंह । यधपी मेयर, प्रशासकीय अधिकृत र प्रहरी भने मौन रहेको उनको आरोप छ ।नगर क्षेत्र भित्र निर्बाध रूपमा टिपर, ट्रयाकटर, बस र बाइक अत्याधिक तेज गतिमा चल्ने गरेको छ । न कुनै ट्राफिक, ट्राफिक सिग्नल न त सडक पेटी नै छ । अझ सडकमै ठाँउ ठाँउमा गाडी पार्किङ, गाई वस्तु बाधने, बसेर गफ गर्नाले दुर्घटना बढेको छ ।नगरवाशिले यसको बिरुद्ध आवाज उठाउदा पालिका, प्रशासन र प्रहरी उदासिन रहेको मनराका प्रहरी सहायक निरीक्षक जियाउल हकको समेत गुनासो रहेको छ ।
भर्खरै हप्ता दिन अगाडि बीच नगरमा मनरा-१ निवासी ५० वर्षिय भरत साहको गम्भीर दुर्घटना भएको थियोे । उनलाई बाटोमा ट्रयाकटरले ठक्कर दिई छातिको हड्डी भाँचेको थियो । हाल उनको उपचार वीपी प्रतिष्ठान केन्द्र धरानमा भै रहेकोे छ ।