अक्सिजनको कालोबजारी

बैशाख २५ , २०७८ | मुलुक डेस्क कोरोना भाइरस संक्रमितलाई अक्सिजनको चर्को अभाव भइरहेको छ। गिरोहले भने यसको कालोबजारी गर्न थालेको भेटिएको छ। सरकारले ६ हजार ६ सय ४३ थान सिलिन्डर बरामद गरी अस्पतालहरूलाई उपलब्ध गराएको छ। गृह मन्त्रालयअन्तर्गतको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय तथा अनुगमन समितिको टोलीले उद्योग र घरबाट यी सिलिन्डर बरामद गरेको हो। […]

बैशाख २६ गतेदेखि दार्चुलामा निषेधाज्ञा जारी गरिने

बैशाख २४, २०७८ | मुलुक डेस्क कोरोना महामारीको दोस्रो भेरियन्टलाई मध्यनजर गरी दार्चुला जिल्लामा यही बैशाख २६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख २६ गतेदेखि बैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको […]

दार्चुलाका सिडिओले आफुले चढ्ने गाडी एम्बुलेन्स बनाउने घोषणा

बैशाख २३, २०७८ | मुलुक डेस्क दार्चुला– दार्चुलाका सिडिओले आफुले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कोरोनाको दोस्रो लहरका बेला बिरामीलाई उपचारका लागी अस्पताल सम्म लैजान आफुले चढ्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको स्कारपियोलाई एम्बुलेन्स रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्। जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको […]

भारतसँग सीमा जोडिएका सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द, आवतजावत पनि ठप्प पारियो

बैशाख २३, २०७८ | कृष्ण सिंह, सर्लाही, छिमेकी मुलुक भारतसँग जोडिएको सर्लाहीको सबै सीमा नाका बन्द गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो। सरकारले सर्लाहीका सबै नाका बन्द गर्ने निर्णय गरेकाले सोही अनुसार नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी […]

अक्सिजन लुकाउने गोदाममा छापा

बैशाख २३, २०७८ | मुलुक डेस्क धनगढी : अस्पतालमा अक्सिजनको चरम अभाव भइरहेका बेला एक औषधि व्यवसायीको गोदाममा भने भरिएका ५० र खाली ११ गरी ६१ सिलिन्डर भेटिएको छ। धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छापा मारेको हो। ‘नजिकै निजी अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले दिएको सूचनाका आधारमा उनको गोदाममा […]

सर्लाहीमा पुनःलकडाउन हुने स्थानिय सरकारको सुझाब

कृष्ण सिंह | बैशाख २२, २०७८ कोरोना संकट ब्यबस्थापन समिती सर्लाही र स्थानिय पालिका प्रमुख, स्वस्थ्य प्रमुख ,सुरक्षाप्रमुख, मानवाधिकारकर्मी, नागरिक समाज उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स प्रमुखको सहभागीमा भएको बैठकले अति आवश्यक काम , बिकास निर्माणको काम बाहेक हाट बजार बन्द गर्ने ,धेरै भिडभाड हुने विवाह धार्मिक सभा सम्मेलन गर्न पुर्व स्थानीय पालिकालाई जानकारी […]

एकैदिन कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको मृत्यु

वैशाख २३, २०७८ | मुलुक डेस्क पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले बताइन।  उनका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय […]

कोरोना महामारी सँग जुद्धन प्रदेश २ सरकारद्वारा ४सय १७ अस्थायी दरबन्दी थप गर्दै

कृष्णा सिंह, सर्लाही वैशाख २३, २०७८ प्रदेश न-२ सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गर्दै सर्लाहीमा पनि ३२ जनाको अस्थायी दरबन्दी थप गरेको छ । मन्त्री परिषदको बैठकले मलंगवाका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागी ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, […]

तिलोत्तमाका मेयर – उपमेयरको उदाहरणीय कार्य, आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

बैशाख २३, २०७८ | मुलुक डेस्क कोभिड-१९ बाट संक्रमित हुने र मृत्यु समेत हुनेको संख्या दिनानुदिन बढिरहदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरले आफुहरु साच्चै जनताको प्रतिनिधि भएको व्यबहारत: पुष्टि गरेका छन ।  नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्दै उनीहरूले महामारीमा जनताको साथमै रहेको अनुभुती दिन सफल भएका हुन् […]

सर्लाहीमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

कृष्णा सिंह, सर्लाही वैशाख २२, २०७८, सर्लाहीमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने ,जीउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलंगवाका डाक्टर साहले […]