कृष्णा सिंह, सर्लाही

वैशाख २३, २०७८

No description available.

प्रदेश न-२ सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गर्दै सर्लाहीमा पनि ३२ जनाको अस्थायी दरबन्दी थप गरेको छ । मन्त्री परिषदको बैठकले मलंगवाका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागी ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, गौर र कलैया अस्पतालका लागी ३२/३२ ,लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागी १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

कोरोना विशेषकोलागी थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्ट देखी लिएर स्वीपर सम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । यसै गरि मन्त्री परिषदको बैठकले कोरोना महामारी संग जुद्धन प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्लाको जिम्मेवारी दिदै फोकल मन्त्री समेत निर्धारण गरेको छ।सर्लाहीका लागि उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश रायलाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

रौतहटको लागि पनि उहाँलाई नै जिम्मेवारी दिने निर्णय गरिएको छ। यस्तै सप्तरी जिल्लाका लागी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागी आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र बारा तथा पर्साका लागी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *