कृष्णा सिंह, सर्लाही

वैशाख २२, २०७८,

No description available.

सर्लाहीमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने ,जीउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलंगवाका डाक्टर साहले जानकारी दिए ।

‘कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिका बिरामी दैनिक आउने गरेका छन्, सबैमा कोभिड भएको होइन्न, लक्षण चाहि मिल्दोजुल्दो छ ।अस्पतालमा बिरामीको संख्या दिनदिनै बढ्दै गएकाले जोखिम बढेको डा साहको भनाई छ । त्यसैगरी जिल्लाका अधिकांश प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामीको चाप निकै बढेको जनस्वास्थ्य अधिकृत बताए ।

‘भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेको छ,हिजो सामान्य स्वास्थ्य परीक्षण गरिएको ३८ जना बिरामीमध्य १६ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ ।’ उनले भने ‘समुदाय स्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ ,पिसिआर परीक्षण सहज नहुँदा नागरिक धेरै समस्या खेप्नु परेको छ, अब सबै पालिकाले पिसिआर परीक्षणको दैरा बढाउनु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *