बैशाख २३, २०७८ | मुलुक डेस्क
दार्चुला– दार्चुलाका सिडिओले आफुले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताएका छन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कोरोनाको दोस्रो लहरका बेला बिरामीलाई उपचारका लागी अस्पताल सम्म लैजान आफुले चढ्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको स्कारपियोलाई एम्बुलेन्स रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्।
जिल्ला प्रशासनको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका छन। देशैभरी कोरोनाको महामारी फैलिरहेको अवस्थामा अस्पताल तथा स्थानिय तहहरु संग हुने एम्बुलेन्स अभावलाई मध्यनजर गर्दै कोभिड बाहेका बिरामीलाई बोक्ने उक्त गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने मौखिक रुपमा प्रमुख जिल्ला अधिकारी जोशीले घोषणा गरेको जनाएका छन।