संक्रमण मुलुकलाई १३ अर्ब

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ विश्व बैँकले महामारीको रुपमा संसारभरी फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमा रहेका मुलुकहरुलाई करिब १३ अर्ब रुपैयाँ सहयोग गर्ने  जनाएको छ । बैँकको विज्ञप्ति अनुसार उक्त रकम ती मुलुकहरुको स्वास्थ्य र आर्थिक क्षेत्रको सबलिकरणमा खर्च गरिनेछ । विश्वको झण्डै ६० देशभन्दा बढी मुलुकमा कोरोना भाइरसको […]

कानुनमन्त्रीमा तुम्वाहाङ्फे

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ दुई तिहाईको दह्रो ओली नेतृत्वमा सरकारमा कानुनमन्त्री बारम्बार फेरिँदै इतिहास रच्ने तरखरमा छ ।  दुई वर्षको अवधिमा कानुनमन्त्री चारपटक फेरबदल भइसकेको छ । उपसभामुख पदबाट राजीनामा दिएको महिना दिन पछि नेकपाकी डा. शिवमाया तुम्बाहाङ्फे चौथो कानुनमन्त्री नियुक्त भएकी छन् । उनी अगाडी शेरबहादुर तामाङ, भानुभक्त ढकाल र […]

प्रचण्डमाथि जुत्ता प्रहार

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका छन् रतन बहादुर तिरुवाले ।  पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दाहालले भाषण गरिरहेको बेला तिरुवाले जुत्ता प्रहार गरेका हुन् । तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान […]

नक्कली बुद्ध फरार

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ आफुलाई शान्तिको दुत भन्दै ध्यानमा लीन रहेर भक्तजनमाझ बुद्धको अवतार बताउँदै आएका रामबहादुर बम्जन विगत केही समयदेखि बलात्कारको आरोपमा फरार रहेका छन्। बम्जनमाथि विभिन्न आश्रममा रहँदा पाँच जना आनी र अनुयायी बेपत्ता पारेको, यौन काण्ड यातना लगायतको आरोपमा किटानी जाहेरी परेको छ ।  धर्म र शान्तिको नाममा […]

सयौँ पालिका प्राविधिक शिक्षा बिहिन

वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६ ओली सरकारको गठनसँगै दुई वर्ष भित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने निर्णयबाट अझ पनि सयौँ गाउँपालिका बंचित रहेको छ ।  शिक्षा मन्त्रालयको आँकडा अनुसार २०६ गाउँपालिकामा प्राविधिक शिक्षा पुगेको छैन ।  तथ्याङ्क हेर्दा २७.३६ प्रतिशत स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार हुन सकेको छैन […]

६४ विश्व सम्पदाको पुनर्निर्माण बाँकी

मुलुक डेस्क, वर्षः ०२  | अङ्कः १५  | माघ २०७६ मुलुकभर विश्व सम्पदा सुचीमा सूचिकृत १६० सम्पदामध्ये हालसम्म ९६ वटाको पुर्ननिर्माण भएको छ । बाँँकी ६४ सम्पदाको पुनर्निर्माणको छाँटकाट देखिएको छैन । नेपाल भ्रमणवर्ष २०२० मनाउँदै गर्दा सम्पदाको पुनर्निर्माण नभएकोले पर्यटक र प्रतिष्ठानै ह्रास आउने देखिएको छ । ०७५ सालको महभूकम्पले ३२ जिल्लका १६० विश्व […]

विराटनगर आईसीपी उद्घाटन

वर्षः ०२  | अङ्कः १५  | माघ २०७६ भिडियो कन्फरेन्स मार्फत संयुक्त रुपमा दुई देशका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ स्थित सिंहदरवार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट स्विच थिचेर परियोजना उद्घाटन गरेका हुन् । भारतीय सहयोगमा निर्मित […]

ललिता निवास प्रकरणमा पूर्व मन्त्रीको संलग्नता

वर्षः ०२  | अङ्कः १५  | माघ २०७६ ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७२ जना संलग्न रहेको भन्दै प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले किर्ते र ठगी मुद्दामा अनुसन्धान गरी कारबाही प्रकृया थालेको छ । सीआइबीका अनुसार तत्कालिन मन्त्री, सचिव, मालपोत र भुमिसुधारका कर्मचारी, भूमाफिया, व्यापारी लगायत संलग्न रहेको खुलासा गरिएको छ । सीआईबीको […]

राष्ट्रिय सभा निर्वाचन

वर्षः ०२  | अङ्कः १५  | माघ २०७६ माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा १८ सिटका लागि भएको चुनावमा सत्तारुढ दल नेकपाले अत्याधिक बहुमत प्राप्त गर्दै १६ सिटमा  जित हासिल गरेको छ । साथै बाँकी २ सिटमा नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको छ । राष्ट्रिय सभामा कूल ५९ सदस्यीय व्यवस्था रहेको छ । जसमा […]

सभामुखमा सापकोटा

वर्षः ०२  | अङ्कः १५  | माघ २०७६ सभामुख पद विगत चार महिनादेखि रिक्त रहेको प्रतिनिधिसभा अन्ततः निर्वाचित भएको छ । नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुख पदका एक्ला निर्विरोध निर्वाचित भएका हुन् । सापकोटाको चयनसँगै प्रतिनिधि सभाले अब काम कर्तव्य र बैठक समयमै सुचार गर्ने छ । प्रतिनिधि सभाको वैठकमा ज्येष्ठ सदस्य तथा […]