वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

विश्व बैँकले महामारीको रुपमा संसारभरी फैलिदै गरेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमा रहेका मुलुकहरुलाई करिब १३ अर्ब रुपैयाँ सहयोग गर्ने  जनाएको छ । बैँकको विज्ञप्ति अनुसार उक्त रकम ती मुलुकहरुको स्वास्थ्य र आर्थिक क्षेत्रको सबलिकरणमा खर्च गरिनेछ । विश्वको झण्डै ६० देशभन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च जोखिम अवस्थामा रहेको छ । 

विश्व बैंक समुहका अध्यक्ष डेभिड मालपासले यो भाइरसबाट जोगिन विकासोन्मुख देशहरुलाई सकभर छिटो सहयोग गर्ने जनाएको छ । उनका अनुसार यसमार्फत आपतकालीन सहयोग, संकटबाट बच्न विज्ञ टोली आदीको सहयोग हुनेछ ।  नेपालपनि यस समुह अन्तर्गत पर्दछ । यसैगरी अमेरिकाले समेत कोभिड १९को जोखिममा रहेका नेपाल सहित २५ देशहरुमा यसबाट बच्नका पूर्वतयारीका लागि करिब ३ करोड ७० लाख अमेरिकी डलर दिन घोषणा गरेको थियो । उक्त रकम अमेरिकी एजेन्सी युएसआईडी र डब्लुएचओ मार्फत खर्च गरिने जानकारी विज्ञप्तिमा उल्लेख गरेको छ ।