मुलुक डेस्क,
वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
मुलुकभर विश्व सम्पदा सुचीमा सूचिकृत १६० सम्पदामध्ये हालसम्म ९६ वटाको पुर्ननिर्माण भएको छ । बाँँकी ६४ सम्पदाको पुनर्निर्माणको छाँटकाट देखिएको छैन । नेपाल भ्रमणवर्ष २०२० मनाउँदै गर्दा सम्पदाको पुनर्निर्माण नभएकोले पर्यटक र प्रतिष्ठानै ह्रास आउने देखिएको छ । ०७५ सालको महभूकम्पले ३२ जिल्लका १६० विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदामा क्षति पुगेको थियो ।
बजेटको अभावमा, सरकारको सिमित चासो लगायतका कारण भूकम्पले देशभर क्षति पु¥याएका ८९१ ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदामध्ये अहिलेसम्म ३ सय ८९ सम्पदा मत्र पुनर्निर्माण भएको छ । २३ पुनर्निर्माण जारी तथा बाँकी अलपत्रको अवस्थामा छ । रानीपोखरी, धरहरा, काष्ठमण्डप, नौ तले दरबार, रातो मच्छिन्द्रनाथ, नुवाकोटको सात तले दरवार, गोरखा दरवार लगायत महत्वपूर्ण संरचनाको निर्माण क्रम जारी रहे पनि अनय महत्ववपूर्ण सम्पदाको पुनर्निर्माण कार्य अन्यौलमा रहेको छ ।