वर्षः ०२ | अङ्कः १६ | फाल्गुण–चैत्र २०७६

आफुलाई शान्तिको दुत भन्दै ध्यानमा लीन रहेर भक्तजनमाझ बुद्धको अवतार बताउँदै आएका रामबहादुर बम्जन विगत केही समयदेखि बलात्कारको आरोपमा फरार रहेका छन्। बम्जनमाथि विभिन्न आश्रममा रहँदा पाँच जना आनी र अनुयायी बेपत्ता पारेको, यौन काण्ड यातना लगायतको आरोपमा किटानी जाहेरी परेको छ ।  धर्म र शान्तिको नाममा पाखण्ड र यौन पिपाशु काम गर्दै आएका बम्जन दशकौँ अगाडि महिनौ दिनसम्म केही पनि नखाई पिई ध्यानमा लिन रहेर देशभरी चर्चाको शिखरमा रहेका थिए ।

सिन्धुलीको कमलामाई ८, पैरेमा संचालित बम्जन आश्रमबाट हाल फरार रहेका उनको भव्य र आलिशान घर करिब ४२ विघामा रहेको छ ।  २४ विघा लालपुर्जा र बाँकी सामुदायिक वन क्षेत्रमा आफ्नो आश्रम संचालन गर्दै आएका बम्जनको सुरक्षा र सुविधा अत्याधिक कडा एवं आधुनिक रहेको छ ।  चिनीया शैलीमा निर्मित घरमा बस्दै आएका बम्जन विवाहित हुन् र उनका छोरा पनि छन् ।  वर्षौदेखि कडा सुरक्षा घेराभित्र बस्दै आएका बम्जन विरुद्ध बेला बेला यौन हिंसा, आलिशान जीवन शैली र आनीहरु वेपत्ता पारेको आरोप लाग्दै आएको छ ।  पछिल्लो समय बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि सर्लाही जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको हो ।