वर्षः ०२ | अङ्कः १५ | माघ २०७६
सभामुख पद विगत चार महिनादेखि रिक्त रहेको प्रतिनिधिसभा अन्ततः निर्वाचित भएको छ । नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा सभामुख पदका एक्ला निर्विरोध निर्वाचित भएका हुन् । सापकोटाको चयनसँगै प्रतिनिधि सभाले अब काम कर्तव्य र बैठक समयमै सुचार गर्ने छ । प्रतिनिधि सभाको वैठकमा ज्येष्ठ सदस्य तथा राष्ट्रिय जनता पार्टीका संयोजक नेता महन्थ ठाकुरले सापकोटालाई निर्विरोध चुनिएको घोषणा गरेका थिए ।
शिक्षक पेशाबाट राजनीतिमा आएका सापकोटा पार्टीका क्रियाशील सदस्य तथा असल राजनीतिक कर्मीको रुपमा परिचित छन्। नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा पूर्व सभामुख ओनसरी घर्तीमगर, नेकपा सचेतक देव गुरुङ र राजपाका सचेतक लक्ष्मणलाल कर्ण सापकोटातर्फ बाट समर्थक थिए ।