वर्षः ०२  | अङ्कः १५  | माघ २०७६

माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा १८ सिटका लागि भएको चुनावमा सत्तारुढ दल नेकपाले अत्याधिक बहुमत प्राप्त गर्दै १६ सिटमा  जित हासिल गरेको छ । साथै बाँकी २ सिटमा नेकपाकै समर्थनमा राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको छ । राष्ट्रिय सभामा कूल ५९ सदस्यीय व्यवस्था रहेको छ । जसमा सरकारद्वारा ३ जना मनोनित हुने व्यवस्था पनि रहेको छ ।

राष्ट्रिय सभामा दुई तिहाइभन्दा पनि बढी संख्या ओगटन सफल नेकपा प्रतिनिधि सभामा दुई तिहाय पुग्न चुकेको थियो । विजयी भएका सदस्यहरुको कार्यकाल ६ वर्षको हुने प्रावधान छ  । फाल्गुण २१ गतेदेखि नयाँ जिम्मेवारी बहन गर्ने सबै सदस्यहरु राष्ट्रिय सभामा नयाँ अनुहार छन् । राष्ट्रिय सभामा नेकपाका ४७, प्रतिपक्षी कांग्रेका ६, राजपाका २, समाजवादीका १ गरी कुल ५६ सदस्य निर्वाचित भएको छ ।

बाँकी ३ सदस्य सरकारबाट मनोनित हुन बाँकी छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपाँग वा अल्पसंख्यक सहित ८ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाको मतदाताको लागि प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँ पालिका अध्यक्ष र उपाध्यक्ष हुनु पर्ने हुन्छ । सातै प्रदेश गरी ५५० सदस्य मध्ये मतदानमा ४४५ जनाले भोट हालेका थिए । त्यसैगरी स्थानीय तहमा १५०६ मध्ये १४९५ सदस्यले मतदान गरेका थिए ।