जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण आज गरिने
मुलुक डेस्क, जनकपुर । २०७८साउन २, आइतबार बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन् । उहाँका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ। उहाँले भारतको इस्ट–सेन्ट्रल रेल्वेको […]
संखुवासभामा गाई काटेको अभियोगमा दुई भारतीय पक्राउ
वीरेश राई, संखुवासभा । २०७८ साउन ३, आइतबार संखुवासभामा गाई काटेको अभियोगमा दुईजना पक्राउसंखुवासभा खाँदबारी नगरपालिका-८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। […]
बागमती तालमा एक युवक डुबेर बेपत्ता !
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २, शनिबार सर्लाहीको बागमती नगरपालिका वडा न-१२ स्थित भरत तालमा सनिवार एक युवक डुवेर बेपत्ता भएका छन्। साझ करिब ४ बजे तिर निर्माणाधीन अवस्थामा रहेको उक्त तालमा साथीहरुसँगै माछा मार्न गएका सोही नगरपालिका वडा न-१ का १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। थापासँगै अन्य ६-७ […]
जसपा सरकारमा जाने निश्चित ! यादव पक्षको निर्णय
मुलुक डेस्क, काठमाडौं । २०८ साउन २, शनिबार जनता समाजवादी पार्टी जसपा सरकारमा जाने भएको छ । आज बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि सांसद् प्रदीप यादवले भने, ‘हामीले आज बैठकमा जाने निर्णय गरेका छौँ । भोलि हामि संसद् बैठकमा सत्तापक्षको कुर्सीमा बस्छौँ ।’बैठकले सांसदहरुलाई काठमाडौंँ […]
प्रदेश २ मा दुई नयाँ मन्त्रीद्वारा शपथ
मुलुक डेस्क, जनकपुरधाम । २०७८ साउन २, शनिबार प्रदेश २ सरकारमा दुई नयाँ मन्त्री थपिएका छन्। शनिवार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र सचेतक रुबी कर्णले शपथ लिएका हुन् । प्रदेश प्रमुख डा. राजेश झाले मन्त्री भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई नेपाली भाषामा शपथ ग्रहण गराएका हुन्। साह महोत्तरी क्षेत्र […]
जसपाका ५ सांसद ठाकुर गुट फेर्दै यादव गुटमा
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २, शनिबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षधर पाँच सांसदले गुट फेर्दै अर्का अध्यक्ष उपेन्द्र यादव गुटमा लागेका छन्। सत्ता र शक्तिको लोभमा भगवान न नेता !प्रतिनिधि सभाका सांसदहरू अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाज मिकरानी अध्यक्ष ठाकुर पक्षधर भएपनि पाँचै सांसद […]
संसद् अधिवेशनको पुर्व तयारीमा ८०१ जनाको परीक्षण: ७९८ जना नेगेटिभ र ३ जना पोजिटिभ
मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २, शनिबार संघीय संसद्को अधिवेशन पुर्व गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको संघीय संसद सचिवालयले जनाएको छ । अधिवेशन अगाडि ८०१ जनाको एन्टिजेन परीक्षणमा ३जनाको मात्र पोजिटिभ रिपोर्ट आएको हो । सभामुख, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारसहित शुक्रबार र शनिबार गरेर ८०१ […]
५०का बेहुला १५की बेहुली-जबर्जस्ति विवाह गर्न खोज्द पक्राउ
मुलुक डेस्क, धनुषा । २०७८ साउन २, शनिबार धनुषाको धनाैजि गाउपालिका वडा नम्बर ४ स्थिति भररियामा ५०बर्षिय बेहुलाले जवर्जस्ती १५ वर्षिय बेहुलीसित विवाह गर्न खोज्दा बेहुली बेहोस भएकी छिन । यस्तै १० दिन अगाडि धनुषा जनकपुर वकिल टोलमा पनि बिगत ६ महिनादेखि दुई परिवार र बेहुलाको राजीखुसीमा तय भएको विवाहमा तिलक सगुन कै दिन बेहुला […]
प्रदेश २ का दुई मन्त्रीद्वारा राजिनामा
मुलुक डेस्क, जनकपुर । २०७८ साउन २, शनिबार प्रदेश २ का दुई मन्त्रीले राजिनामा दिएका छन्। माओवादीलाई सरकारमा सहभागी गराउन चलखेल पश्चात् आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्। मन्त्रीद्वयले राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा […]
मलंगवामा अवैध रकम सहित एक महिला पक्राउ
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २, शनिबार प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल – भारत सिमाक्षेत्रबाट लाखौ रकम सहित एकजना महिलालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं.३ का नेक महम्मद बैठाकी श्रीमती वर्ष ३० की रेहाना खातुन रहेकी छिन् । खातुनलाई गत मंगलबार बेलुका ५ बजेको समयमा बिशेष सुराकीको आधारमा […]