मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २, शनिबार
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षधर पाँच सांसदले गुट फेर्दै अर्का अध्यक्ष उपेन्द्र यादव गुटमा लागेका छन्।
सत्ता र शक्तिको लोभमा भगवान न नेता !प्रतिनिधि सभाका सांसदहरू अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाज मिकरानी अध्यक्ष ठाकुर पक्षधर भएपनि पाँचै सांसद शनिबार यादव पक्षको बैठकमा सहभागी भएका छन् ।
उनीहरू जसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाँदा मन्त्री बन्न नपाएकोमा असन्तुष्ट थिए। पाँच सांसद थपिएपछि जसपा संसदीय दलमा उपेन्द्र यादव पक्षको बहुमत पुगेको छ। उनको पक्षमा १८ सांसद पुगेका छन्।
जसमध्ये हरिनारायण रौनियार भने निलम्बित छन्। अध्यक्ष यादव पक्षका एक नेताका अनुसार, थप चार सांसदले ठाकुर पक्ष छाड्दै यादव गुटमा सामेल हुन खोज्दै छन् ।