May be an image of 3 people, people sitting and people standing

मुलुक डेस्क, जनकपुरधाम । २०७८ साउन २, शनिबार

प्रदेश २ सरकारमा दुई नयाँ मन्त्री थपिएका छन्। शनिवार माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र सचेतक रुबी कर्णले शपथ लिएका हुन् ।

प्रदेश प्रमुख डा. राजेश झाले मन्त्री भरत साह र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई नेपाली भाषामा शपथ ग्रहण गराएका हुन्।

May be an image of 3 people, people sitting and people standing

साह महोत्तरी क्षेत्र न १ (ख) बाट निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद हुन् ।सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टीले आफ्नै मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रबाट मन्त्री नियुक्त गरेको हो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाको स्थानमा उनीहरु मन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *