May be an image of 2 people, beard, people standing and text

मुलुक डेस्क, जनकपुर । २०७८ साउन २, शनिबार

प्रदेश २ का दुई मन्त्रीले राजिनामा दिएका छन्। माओवादीलाई सरकारमा सहभागी गराउन चलखेल पश्चात् आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्।

मन्त्रीद्वयले राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको कुशवाहाले बताए।

शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published.