
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २, शनिबार
प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवा स्थित नेपाल – भारत सिमाक्षेत्रबाट लाखौ रकम सहित एकजना महिलालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं.३ का नेक महम्मद बैठाकी श्रीमती वर्ष ३० की रेहाना खातुन रहेकी छिन् ।
खातुनलाई गत मंगलबार बेलुका ५ बजेको समयमा बिशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले वडा न-८ स्थित झिलमिलिया माई मन्दिर नजिक बाटोमा भारत तर्फबाट मलंगवातर्फ पैदल आई रहेको अवस्थामा शंका लागी रोकी चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र एक हजार दरका नोट ५०० थान गरि जम्मा रु पाँच लाख रुपैया फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खातुनलाई बरामद गरेको नोटसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाईएको समेत प्रहरीले जनाएको छ ।