
कृष्ण सिंह, सर्लाही । २०७८ साउन २, शनिबार
सर्लाहीको बागमती नगरपालिका वडा न-१२ स्थित भरत तालमा सनिवार एक युवक डुवेर बेपत्ता भएका छन्।
साझ करिब ४ बजे तिर निर्माणाधीन अवस्थामा रहेको उक्त तालमा साथीहरुसँगै माछा मार्न गएका सोही नगरपालिका वडा न-१ का १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
थापासँगै अन्य ६-७ जना युवकहरु पनि माछा मार्न गएको तर थापा बाहेक अन्य सबैजना युवकहरु सकुशल बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका थापाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरु मिलेर खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।निर्माणाधीन अवस्थामा रहेको उक्त ताल १२१ बिघा क्षेत्रफलमा फैलिएको छ ।